सोमबार, असार २९, २०८३

साने सिटीमा नरहने

एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर लिरोय साने जर्मन क्लब बायर्न म्युनिखमा जाने भएका छन्। उनी ६८ मिलियन अमेरिकी डलरमा बायर्नमा जाने भएका हुन्।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

एजेन्सी– इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर लिरोय साने जर्मन क्लब बायर्न म्युनिखमा जाने भएका छन्। उनी ६८ मिलियन अमेरिकी डलरमा बायर्नमा जाने भएका हुन्।

जर्मनीका अन्तर्राष्ट्रिय खेलाडीले बुन्डेसलिगाको च्याम्पियन क्बलमा साढे ५५ मिलियन अमेरिकी डलरमा आबद्ध भए। बाँकी रकम केही समयपछि वृद्धि गरिने बताइएको छ।

२४ वर्षे खेलाडी साने ४ वर्षअघि जर्मन बुन्डेसलिगा क्लब साल्केबाट प्रिमियर लिगको म्यानचेस्टर सिटीमा अनुबन्धन भएका थिए। त्यतिबेला उनका लागि सिटीले ३७ मिलियन खर्च गरेको थियो। उनले त्यहाँ रहँदा दुई लिग जिते।

क्लबका मुख्य खेलाडीसमेत रहेका साने चोटका कारण यो सिजनमा धेरै खेलमा उपस्थित हुन सकेका छैनन्। ‘सानेको व्यक्तिगत डिल यो सिजनको अन्त्यसँगै सकिने छ। उनले सम्झौता नवीकरण गर्ने क्लबको प्रस्ताव अस्वीकार गरेका छन् र क्लबबाट बाहिरिन चाहन्छन्,’ क्लबका प्रशिक्षक पेप ग्वार्डिओलेले भने।

बायर्नले दिने वार्षिक २४ मिलियन अमेरिकी डलरको तलबमै सानेलाई जर्मन पठाउन सिटी इच्छुक देखिएको थिएन। तर उनले बायर्न रोजेपछि क्लबले तलबको १० प्रतिशत घटाएर कुराकानी गरेको हो।

उनको डिल सकिएको एक दिनमै उनी बायर्न जानेछन् तर त्यहाँबाट च्याम्पियन्स लिगका बाँकी खेल भने खेल्न पाउने छैनन्। सिटीका बाँकी खेल पनि खेल्ने छैनन्।

उनले सिटीबाट १९२ खेल खेल्दै ५२ गोल गरेका छन्। कोरोना महामारीपछि सुरु भएको सबै खेलमा उनी पहिलो रोजाइका साथ मैदान उत्रिएका थिए।

प्रकाशित: Jul 01, 2020| 14:25 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।