इटालियन सिरी एमा साविक विजेता युभेन्टसले दोस्रो स्थानको लाजियोमाथि ४ अंकको अग्रता बनाएको छ।
जिनोआको लुगी फेरारिसमा सम्पन्न खेलमा युभेन्टसले ३–१ गोल अन्तरले घरेलु टिमलाई हराउँदै शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको हो।
जितका लागि पावलो डेबला, क्रिस्टियानो रोनाल्डो र डगलस कोस्टाले गोल गरे भने जिनोआका आन्द्रेय पिनामोन्टीले सान्त्वना गोल गरे।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफको ५० औं मिनेटमा कुअद्रादोको पासमा डेबलाले क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै ५६ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।
७३ औं मिनेटमा कोस्टाले गोल गर्दा पहुना टोली तीन गोलले अघि थियो। त्यसको तीन मिनेट लगत्तै जिनोआका पिनामोन्टीले सान्त्वना गोल गरे।
३–१ को जितसँगै युभेन्टसले अंकतालिकामा ७२ अंक बनाएको छ भने दोस्रो स्थानको लाजियोको ६८ अंक छ। यता हारको समाना गरेको जिनोआ २६ अंकका साथ १७ औं स्थानमा छ।
सिरी ए मा आजका खेलः
बोलोग्ना र क्यालिग्री, राति सवा ११ बजे
इन्टर मिलान र ब्रस्सिका, राति सवा ११ बजे
लिसे र साम्दोरिया, राति साढे १ बजे
फियोरेन्टिना र सौसेलो, राति साढे १ बजे