बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनको सिचुवानमा भूकम्पका कारण दुईको मृत्यु, दर्जनौं घाइते

चीनको सिचुवानमा भूकम्पका कारण दुईको मृत्यु, दर्जनौं घाइते

चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानमा बिहीबार बिहान भूकम्प गएको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

बेइजिङ– चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानमा बिहीबार बिहान भूकम्प गएको छ। सो क्षेत्रमा गएको  ६ म्याग्नेच्युडको भूकम्पले कम्तिमा दुई जनाको मृत्यु र पाँच दर्जनभन्दा बढि मानिस घाइते भएको प्रारम्भिक रिपोर्टहरुले जनाएका छन्।

National life

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार तिब्बतसँग जोडिएको प्रान्त सिचुवानको लोचौमा स्थानीय समयअनुसार बिहीबार बिहान ४:३३ बजे भूकम्प गएको हो।

‘भूकम्पका कारण यति नै क्षति भयो भन्ने यकिन भइसकेको छैन तर जनजीवन त्रासपूरर्ण रहेको र कम्तिमा दुईजनाको मृत्यु भएको छ’, चिनियाँ अखबार पिपुल्स् डेलीले लेखेको छ, ‘ क्षतिग्रस्त स्थान र जोखिममा भएका ठाउँबाट मान्छेहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा जारी छ। अहिलेसम्म ६ हजार जनालाई उद्धार गरिएको छ।’

भूकम्पका कारण क्षतिग्रस्त र प्रभावित स्थानहरुमा हज्जारौंको संख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु खटिएका छन्। भूकम्पका कारण मृत्यु हुनेहरुको संख्या अरु बढ्नसक्ने बताइएको छ।

प्रकाशित: Sep 16, 2021| 08:04 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।