शनिबार, चैत ७, २०८२

बार्सिलोना बाराबरीमै रोकिँदा मेस्सीको ७०० गोल पूरा

ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग २–२ गोलको बराबरीमा रोकिएको छ। बार्सिलोनाको मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले लगातार दोस्रो बराबरी खेलेको हो।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग २–२ गोलको बराबरीमा रोकिएको छ। बार्सिलोनाको मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले लगातार दोस्रो बराबरी खेलेको हो।

National life

निकै प्रतिपर्धात्मक खेलको पहिलो गोल गोल आत्मघाती थियो भने अन्य सबै गोल पेनाल्टी मार्फत गरिएको थियो।

बार्सिलोनाका लागि सुरुवाती मिनेट सुखद बन्यो। एट्लटिकोका डियागो कोस्टाले आत्मघाती गोल गरेपछि घरेलु टिमले अग्रता बनायो। तर सो अग्रता एट्लेटिकोका सौल निग्वेजले १९ औं मिनेटमा तोडे। निग्वेजले पेनाल्टी मार्फत गोल गरेका थिए।

उसो त डियागो कोस्टाले १६ औं मिनेटमै पेनाल्टी प्रहार गरेका थिए। तर किपरले लाइन मिचेको सूचना रेफ्रीले पाएपछि एट्लेटिकोले पुनः पेनाल्टीको अवसर पायो। र, निग्वेजले गोल गरे।

पहिलो हाफमा एक–एक गोलको बराबरीमा रोकिएको खेल दोस्रो हाफमा दुवै टिमबाट एक–एक गोल लाग्यो। लियोनेल मेस्सीले ५० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै आफ्नो ७ सय गोल सेमत पूरा गरे। साथै निग्वेजले ६२ औं मिनेटमा गोल गरेरे खेललाई फेरि बराबरीमा ल्याए।

Laxmi sunrise bank
kumari

बराबरीसँगै बार्सिलोनाले शीर्षस्थानमा जाने मौका गुमाएको छ। अंक तालिकामा शीर्षस्थानको रियल मड्रिडको भन्दा बार्सिलोनाको एक अंक कम छ। जारी ३३ औं चरणको खेलमा रियलले जित निकाले ऊ बार्सिलोनाभन्दा ४ अंकले अगाडी हुने छ।

एता गएरातिको खेलमा अंक साझा गरेको एट्लेटिको मड्रिड ५९ अंकका साथ तेस्रो स्थानमा छ। पहिलो र दोस्रो स्थानका क्लबको क्रमशः ७१ र ७० अंक छ।

ला लिगामा आजका खेलः

अलाभेस र ग्रानाडा, राति सवा ११ बजे
भ्यालेन्सिया र एथ्लेटिक क्लब, राति सवा ११ बजे
भालागोडिड र लेभान्टे, राति पौने २ बजे
रियल बेटिस र भिल्लारियल, राति पौने २ बजे

प्रकाशित: Jul 01, 2020| 06:57 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।