शनिबार, चैत ७, २०८२

चार वटा साफ च्याम्पियनसिप स्थगित

दक्षिण एसियाली फुटबल एसोसिएसन(साफ)ले यस वर्ष हुन लागेका चार वटा साफ च्याम्पियनसिप स्थगित गरेको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं- दक्षिण एसियाली फुटबल एसोसिएसन (साफ)ले यस वर्ष हुन लागेका चार वटा साफ च्याम्पियनसिप स्थगित गरेको छ। उसले साफका सदस्य राष्ट्रहरुबीच सोमबार जुममार्फत मिडिङ गर्दै यस्तो निर्णय गरेको हो।

National life

साफले साफ च्याम्पियनसिप, साफ यू–१५ च्यम्पियनसिप, साफ यू–१५ वुमेन्स च्याम्पियनसिप र साफ यू–१८को वुमेन्स च्याम्पियनसिप स्थगित गरेको जनाएको छ।

साफका महासचिव अन्वार–उल हकले बैठकमा उपस्थितलाई स्वागत र धन्यवाद व्यक्त गरेका थिए। बैठकमा उपस्थित सदस्यहरुले कोरोनाको महामारीमा आयोजना गरिने प्रतियोगिताका सम्भावित समस्याको चुनौतीबारे आफ्ना धारणा राखेका थिए।

सदस्य राष्ट्रहरुको धारणालाई आत्मसाथ गर्दै साफले यो वर्षका फुटबल प्रतियोगिता एक वर्ष अर्थात् सन् २०२१ सम्मका लागि स्थगित गरेको हो। युवा टोलीको प्रतियोगिता कहिले सञ्चालन गर्ने भन्नेबारे अर्को बैठकमा निर्णय गरिने साफले जनाएको छ। अर्को बैठक आउँदो सेप्टेम्बरमा हुने छ।

कोरोनाको स्थितिलाई हेरेर अर्को सेसनको निर्धारण गरिने बताइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 30, 2020| 11:48 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।