शनिबार, चैत ७, २०८२

बार्सिलोनाले आर्थरसँग साट्यो युभेन्टसका पेजेनिक

एजेन्सी– ब्राजिलियन मिडफिल्डर आर्थर मेलो इटालियन क्लब युभेन्टसमा अनुबन्धन भएका छन्। दुई सिजन स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका आर्थर अब इटाली जाने भएका हुन्।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

एजेन्सी– ब्राजिलियन मिडफिल्डर आर्थर मेलो इटालियन क्लब युभेन्टसमा अनुबन्धन भएका छन्। दुई सिजन स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका आर्थर अब इटाली जाने भएका हुन्।

National life

आर्थरको ट्रान्स्फरको लागि क्याटालान क्लब बार्सिलोना र युभेन्टसले सम्झौता गरिसकेको बताएका छन्। इटालियन क्लबले उनका लागि ७२ मिलियन यूरो खर्च गर्ने र अतिरिक्तमा १० मिलियन खर्च गर्ने भएको हो।

तर २०१९–२० का सबै अफिसियल खेल नसकिउन्जेल आर्थर बार्सिलोनामै बस्ने छन्। उनी २०१८ मा ब्राजिलियन क्लब ग्रेमियोबाट स्पेन आएका थिए। त्यसयता ब्राजिलियन मिडफिल्डरले बार्सिलोनामा ७२ खेल खेलिसकेका छन्। जसमा ४७ खेल लिगमा, १० कोपा डेल रे, १३ खेल च्याम्पियन्स लिग र एक खेल स्पेनिस सुपर कपबाट खेलेका छन्।

२३ वर्षे ब्राजिलियनले बार्सिलोनाको दुई सिजनमा २ गोलसमेत गरेका छन्।

मिरलेम पजानिक बार्सिलोना जाने

Laxmi sunrise bank
kumari

युभेन्टसका मिरलेम पजानिकलाई बार्सिलोनाले अनुबन्धन गरेको छ। ६० मिलियन युरो र ५ मिलियन अतिरिक्त खर्चमा क्याटालान क्लबमा अनुबन्धन भएका हुन्। उनी पनि यो सिजन सकिएर नयाँ सिजन सकिएमा बार्सिलोनमा प्रवेश गर्ने छन्।

उनले फ्रान्समा सन् २००७ बाट फुटबल करिअर सुरु गरे। मेज र ओलम्पिक लियोनबाट खेल्दै उनी सन् २०११ मा इटालीको रोमामा अनुबन्धन भएका थिए। त्यस्तै रोमामा ५

सिजनमा २०० खेल खेलेपछि उनी २०१६ मा युभेन्टसमा अनुबन्धन भए।

युभेन्टसमा रहेर उनले तीन सिरी एका साथै एक–एक कोपा इटालिया र इटालिया सुपरकप जितिसकेका छन्।

उनको सम्झौता २०२३–२४सम्म रहने छ।

प्रकाशित: Jun 30, 2020| 09:13 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।