शनिबार, चैत ७, २०८२

ईपीएलमा बर्नलीको संघर्षपूर्ण जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा बर्नलीले संघर्षपूर्ण जित निकालेको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

एजेन्सी – इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा बर्नलीले संघर्षपूर्ण जित निकालेको छ।

National life

किस्टल प्यालेसको घरेलु मैदानमा सम्पन्न खेलमा घरेलु टिमलाई हराउँदै बर्नलीले १–० गोलको जित निकालेको हो।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोरहित बराबरीमा रोकिएको थियो। तर दोस्रो हाफको ६२ औं मिनेटमा पाहुना टोलीका बेल मीले गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाए। उनले वेस्टवुडको पासलाई गोलमा परिणत गरेका थिए।

मीको गोलसँगै बर्नलीले खेलमा जित निकालेको छ। जितका साथ अंक तालिकामा स्थान सुधार गरेर ४५ अंकसँगै आठौं स्थानमा पुगेको छ। एक खेल कम खेलेको शेफिल्ड युनाइटेड

४४ अंकका साथ नवौं स्थानमा छ। यता हारको सामना गरेको किस्टल प्यालेस ४२ अंकका साथ ११ औं स्थानमा छ।

Laxmi sunrise bank
kumari

ईपीएल अन्तर्गत आज ब्राइटोनले म्यानचेस्टर युनाइटेडसँग राति १ बजे फल्मर रंगशालामा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Jun 30, 2020| 08:32 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।