सोमबार, असार २९, २०८३

नितिन बने आईसीसी एलिट प्यानलमा कम उमेरका अम्पायर

एजेन्सी– ३६ वर्षे अम्पायर नितिन मेनन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अम्पायर एलिटको सबैभन्दा कान्छा सदस्य बनेका छन्।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

एजेन्सी– ३६ वर्षे अम्पायर नितिन मेनन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अम्पायर एलिटको सबैभन्दा कान्छा सदस्य बनेका छन्।

आउँदो सिजन २०२०–२१ को लागि अर्का अम्पायर निगेर ल्लङलाई विस्थापित गर्दै नितिन आईसीसीको एलिट प्यानलमा परेका हुन्।

उनी तीन टेस्ट, २४ एक दिवसीय र १६ टी–२० का लागि छानिएका हुन्। उनी यसरी छानिने भारतका तेस्रा अम्पायरसमेत हुन्। पूर्वकप्तान श्रीनिवास भेन्कटराघवम र सुन्दरम रवी उनीअघि आईसीसीका एलिट प्यानलमा थिए। जो गत वर्ष प्यानलबाट बाहिरिएका थिए।

आईसीसीद्वारा जारी गरिएको विज्ञप्तिमा मेननले भनेका छन्, ‘विश्वका अग्रणी अम्पायर र रेफ्रीहरुसँग नियमित सहकार्य गर्ने सपना साकार भएको जस्तो लागेको छ। तर यसको अनुभव गर्न अझै बाँकी छ।’

पछिल्लो समयको केही नतिजा हेर्ने हो भने गुणस्तरका हिसाबले कहिलेकाहीँ भारतीय अम्पायरहरु आलोचनाको सिकार समेत हुने गरेका छन्। तर मेननका पछिल्ला प्रदर्शनले क्रिकेटलाई सहयोग गरेको भारतीय क्रिकेटकर्मीको दाबी छ।

प्रकाशित: Jun 29, 2020| 18:56 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।