सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखेको जर्सी प्रयोग गर्न आईसीसीले दियो मान्यता

‘ब्ल्याक लाइभ्स म्याटर’ लेखेको जर्सी प्रयोग गर्न आईसीसीले दियो मान्यता

आउँदो जुलाई ८ बाट इंग्ल्यान्डमा हुने क्रिकेटमा पाहुना टोली वेस्ट इन्डिजले ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखेको जर्सी प्रयोग गर्न पाउने भएको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

अमेरिकामा प्रहरीले अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या गरेपछि विश्वभरि काला जातिका मानिसको अधिकारका लागि आवाज सशक्त बनेको छ।

वर्षाैंदेखि रंगभेदी व्यवहारको सिकार भएका फुटबल खेलाडीले पनि अश्वेतको अधिकारका लागि आवाज उठाएका छन्। फुटबल मात्र नभएर बास्केटबल र टेनिसका विश्वचर्चित खेलाडीले पनि रंगभेद र नश्लवादको विरोधमा आफ्ना धारणा राख्दै आएका छन्।

यसैबीच, कोरोना महामारीमा क्रिकेटका ठूला प्रतियोगिता नभएकाले खेलाडी वा टिमले सांगठनिक रुपमा अश्वेतमाथिको दमनबारे कुरा उठाउन पाएका थिएनन्। तर, आउँदो जुलाई ८ बाट इंग्ल्यान्डमा हुने क्रिकेटमा पाहुना टोली वेस्ट इन्डिजले ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखेको जर्सी प्रयोग गर्न पाउने भएको छ।

उसले टिसर्टमा ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखेको जर्सी प्रयोग गर्न पाउने भनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ। अबका खेलमा उसले ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखेको जर्सी प्रयोग गर्ने छ।

महामारीका कारण टेस्ट क्रिकेट तीन महिना रोकिएपछि पुनः संचालन हुन लागेको छ। जुलाई ८ बाट वेस्ट इन्डिजले इंग्ल्यान्डसँग तीन–तीन टेस्ट र टी–२० प्रतियोगिता खेल्दै छ। यी प्रतियोगितामा नश्लवाद विरुद्धको नारा लेखिएको जर्सी प्रयोग गरिने छन्।

क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी जोसन होल्डर, डेरेन सामी, क्रिस गेल, ड्वेन ब्रावो लगायतका खेलाडीले व्यक्तिगत रुपमा नश्लवादविरुद्धको मुद्दा उठाउँदै आएका थिए।

क्रिकेटर जेसन होल्डर भन्छन्, “हामी इंग्ल्यान्ड क्रिकेट खेल्न आएको भए तापनि विश्वमा चलिरहेको अन्यायविरुद्धको लडाइँ पनि सँगै लड्छौं। मलाई लाग्छ– हामीले ठूलो आवाज उठाउनु पर्छ।”

उनले एन्टी–रेसिज्मको पनि एन्टी–डोपिङ बराबरको सजाय दिनुपर्नेमा पनि जोड दिए। “मैले कुनै पनि नश्लीय भेदभाव त महसुस गरेको छैन। तर, मेरो छेउछाउतिर सुनेको छु। मलाई लाग्छ– नश्लवाद कुनै भ्रष्टाचार वा डोपिङ टेस्टभन्दा कम छैन।”

आईसीसीको एन्टी–रेसिज्म बडीले तेस्रो पटक पनि दोषी पाइएमा आजीवन प्रतिबन्ध लगाउन सक्ने भनेको छ। पहिलो पटक गल्ती गरेमा ४ वा ८ खेलसम्म प्रतिबन्ध लाग्न सक्छ। गत वर्ष पाकिस्तानका कप्तान सरफराज अहमदले दक्षिण अफ्रिकाका अलराउन्डर एन्डिले फेलक्वायोलाई नश्लीय टिप्पणी गरेपछि उनलाई ४ खेलमा प्रतिबन्ध लगाइएको थियो।

‘ब्ल्याक लाइभ्स म्याटर’को लोगो ग्राफिक्स डिजाइनर अलिसा होसनले तयार गरेकी हुन्।

प्रकाशित: Jun 29, 2020| 15:39 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।