सोमबार, असार २९, २०८३

क्यानका चार समितिमा सदस्य नियुक्त

नेपाल क्रिकेट संघ (क्यान)ले विभिन्न चार समितिमा सदस्य नियुक्त गरेको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले विभिन्न चार समितिमा सदस्य नियुक्त गरेको छ। उसले सोमबार एक सूचना जारी गर्दै सदस्य मनोनित गरेको जनाएको छ।

क्यानले प्रतियोगिता समिति, प्रविधि समिति, वित्त समिति र मिडिया समितिमा सदस्य संख्या निर्धारण गरेको हो।

प्रतियोगिता समितिमा प्रशान्त विक्रम मल्ल संयोजक छन् भने सदस्यहरुमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्ट छन्। संजय राज सिंहको संयोजकत्वमा रहेको प्रविधि समितिको सदस्यमा वीरेन्द्रबहादुर चन्द, अमित वीर पाण्डे, अरुणकुमार अर्याल र संजय गुरुङ छन्।

वित्त समितिको संयोजकत्व रोशनकुमार सिंहले गर्ने भएका छन्। त्यस्तै, समितिको सदस्यमा माधव कर्माचार्य र दुर्गाराज पाठक मनोनित भएका छन्।

अशोकनाथ प्याकुरेलको संयोजकत्वमा रहेको मिडिया समितिमा भानुभक्त सिग्देल सदस्यमा छन्। क्यानको पहिलो बैठकले चार समितिको स्थापना गरेको भए पनि सदस्यहरुको नियुक्ति गर्न सकेको थिएन।

“अहिले अत्यावश्यक समितिमा सदस्यहरुको निर्धारण गरेका हौं। विस्तारै आवश्यक रहेका अन्य समिति पनि निर्माण गरेर लैजाने छौं। क्यानसँग धेरै मानवीय स्रोत नभएका कारणा समिति बनाउन पनि गाह्रो छ,” क्यानका सचिव अशोकनाथ प्याकुरलेले भने।

प्रकाशित: Jun 29, 2020| 13:10 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।