सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • गठबन्धनका निर्णय रहरका हुन्, हामी संविधान अनुसार चल्छौं : मुख्यमन्त्री आचार्य

गठबन्धनका निर्णय रहरका हुन्, हामी संविधान अनुसार चल्छौं : मुख्यमन्त्री आचार्य

 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विपक्षी गठबन्धनका दलहरुले रहरका निर्णय गर्दै हिँडेको बताएका छन्।

National life

प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरुको शपथ ग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री आचार्यले भने,‘उहाँहरु आफ्नो निर्णय गर्दै गर्नुहुन्छ, रहरका निर्णयहरु, हामी संविधान अनुसार चल्छौं।’ 

असोज २२ गते बस्‍ने संसद्‌को अधिवेशनमा आफूले विश्वासको मत लिने उनले बताए । विश्वासको मत पाउने भएरै संसद अधिवेशन आह्वान गरिएको मुख्यमन्त्री आचार्यले बताए। 

उनले भने,‘हामी काम गर्ने सरकार हो, काम गर्ने सरकारलाई सबै सांसदले भोट हाल्नुपर्छ।’ सांसदहरुले विश्वासको मत दिनुहुन्छ भन्‍नेमा म विश्‍वस्त रहेको उनले बताए। 

आगामी मन्त्रिपरिषद् विस्तारमा महिलाको पनि सहभागिता हुने मुख्यमन्त्री आचार्यको भनाई छ। यसैबीच प्रदेश १ प्रदेशसभाका विपक्षी गठबन्धनमा आबद्ध दलहरुको बैठकले मुख्यमन्त्रीले असोज ८ गतेभित्रै विश्वासको मत लिनु पर्ने निष्कर्ष निकालेको छ। 

Shivam cement

बैठकले संविधान विपरित सरकार चल्न नहुने भन्दै असोज ८ गतेभित्रै विश्वासको मत लिइसक्नु पर्नेतर्फ सचेत गराउने निर्णय गरेको हो।

 मुख्यमन्त्रीले असोज ८ गतेभित्र विश्वासको मत लिन नचाहे नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्नुपर्ने विपक्षी गठबन्धनले जनाएको छ । 

विश्वासको मत लिने प्रक्रिया अगाडि नबढाए वा राजीनामा गरी सरकार गठनका लागि मार्ग प्रशस्त नगरे अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको बताइएको छ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकिकृत समाजवादीका १०, जसपाका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्‍च र राप्रपाका १–१ सांसद छन्।

प्रकाशित: Sep 15, 2021| 20:00 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।