सोमबार, असार २९, २०८३

रियल मड्रिडको जितका लागि कासिमेरोको निर्णायक गोल

एजेन्सी– ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा दोस्रो स्थानको रियलम मड्रिडले जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

एजेन्सी– ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा दोस्रो स्थानको रियलम मड्रिडले जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।

एस्पानोयलको कोर्नेला–एल¬–प्राट रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई हराउँदै रियल शीर्षस्थानमा उक्लिएको हो।

रियल मड्रिडले सुरुवाटै एस्पोयलमाथि दबाब बनाएको भए तापनि गोल गर्न भने चुक्यो। तर पहिलो हाफको इन्ज्युरी समयमा कासिमेरोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। उनले करिम बेन्जेमाको पासमा गोल गरे।

दोस्रो हाफमा रियलले गोल गर्न नसकेपछि कासिमेरोको गोल नै निर्णाक बन्यो।

जितसहित अंकतालिकाको शीर्ष स्थानमा रहेको रियल मड्रिडको ७१ अंक छ। त्यस्तै दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक छ।

एक खेल अघिसम्म दुवै क्लबको समान अंक थियो। तर अघिल्लो खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग बाराबरी खेलेसँगै उसले २ अंक गुमायो।

यता रियलसँग हारको सामना गरेको एस्पानोयल २४ अंकका साथ अंकतालिकाको पुछारमा छ।

प्रकाशित: Jun 29, 2020| 07:38 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।