शनिबार, चैत ७, २०८२

आर्सनल, चेल्सी र म्यानचेस्टर सिटी एफए कपको सेमीफाइनलमा

एजेन्सी– इंग्ल्यान्डको पुरानो फुटबल प्रतियोगिता एफए कपमा यो सिजनको क्वार्टरफाइनलका खेल सकिएका छन्। कपको गएराति सम्पन्न अन्तिम तीन खेलबाट जितका साथ आर्सनल, चेल्सी र म्यानचेस्टर सिटी सेमीफाइनलमा प्रवेश गरेका छन्।
 |  सोमबार, असार १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १५, २०७७

एजेन्सी– इंग्ल्यान्डको पुरानो फुटबल प्रतियोगिता एफए कपमा यो सिजनको क्वार्टरफाइनलका खेल सकिएका छन्। कपको गएराति सम्पन्न अन्तिम तीन खेलबाट जितका साथ आर्सनल, चेल्सी र म्यानचेस्टर सिटी सेमीफाइनलमा प्रवेश गरेका छन्।

National life

वेम्बले रंगशालामा गएराति सम्पन्न पहिलो खेलमा सेफिल्ड युनाइटेडलाई २–१ गोलले हराउँदै आर्सननले जित निकाल्यो। आर्सनलको जितका लागि निकोलस पेपेले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे भने खेलको इन्ज्युरी समयमा दानी सेल्वालोसले गोल गरे।

सेफिल्डका डेविड म्याक्गोड्रिकले सान्त्वना गोल गरेका थिए।

सोही रंगशालामा सम्पन्न दोस्रो खेलमा लेस्टर सिटीमाथी चेल्सीले १–० गोलको संघर्षपूर्ण जित निकाल्यो। जितका लागि रोस बार्कलले ६३ औं मिनेटमा निर्णायक गोल गरे।

तेस्रो प्रतिस्पर्धामा म्यानचेस्टर सिटीले न्युकासललाई २–० गोल अन्तरले हराएको छ।

Laxmi sunrise bank
kumari

सेमीफाइनल प्रवेशका लागि केभिन डि ब्रुनले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै ३७ औं मिनेटमा गोल गरे। दोस्रो गोल रहिम स्टार्लिङले खेलको ६८ औं मिनेटमा गरे।

एफए कप अन्तर्गत शुक्रबार राति सम्पन्न खेलबाट म्यानचेस्टर युनाइटेड कपको सेमीफाइनलमा प्रवेश गरेको थियो। प्रतियोगिताको आउँदो चरणमा म्यानचेस्टर युनाइटेडले चेल्सीसँग जुलाई १८ र आर्सनलले म्यानचेस्टर सिटसँग जुलाई १९ मा प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित: Jun 29, 2020| 07:13 सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।