शनिबार, कात्तिक २९, २०८२

बलिउडमा शाहरुखको २८ वर्ष पूरा, समर्थक र श्रीमतीलाई दिए धन्यवाद

बलिउडका किङ खान अर्थात् शाहरुख खानले फिल्म इन्डस्ट्रीमा २८ वर्ष पूरा गरेका छन्। उनले २८ सालबाट लगातार दर्शकलाई मनोरञ्जन दिँदै आएका छन्।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

बलिउडका किङ खान अर्थात् शाहरुख खानले फिल्म इन्डस्ट्रीमा २८ वर्ष पूरा गरेका छन्। उनले २८ सालबाट लगातार दर्शकलाई मनोरञ्जन दिँदै आएका छन्।

National life

शाहरुख खानका समर्थक उनको २८ वर्षे इतिहास भव्य तरिकाले मनाइरहेका छन्। शाहरुखले पनि ट्वीट गरेर सबै समर्थकलाई धन्यवाद दिएका छन्।

‘मलाई थाहै भएन कहिले मेरो प्यासन उद्देश्यमा बदलियो र मेरो प्रोफेसन बन्यो। तपाईं सबैलाई धन्यवाद । यति धेरै वर्षसम्म मलाई मनोरञ्जन गराउने मौका दिनुभयो,’ खानले ट्विट गरेका छन्, ‘मलाई लाग्छ मेरो व्यावसायिकताभन्दा प्यासन अहम् फ्याक्टर हो। जसकारण आउने सालमा पनि तपाईंलाई मनोरञ्जन गर्न सकुँ।’

उनले आफ्नो तस्बिर पनि पोस्ट गरेका छन्। शाहरुखको त्यो तस्बिर उनकी श्रीमती गौरीले खिचेकी थिइन्। ‘२८ वर्ष र अझै जारी....! यो पलको यादको लागि धन्यवाद गौरी,’ उनले लेखेका छन्।

शाहरुखले सन् १९९२ मा ‘दिवाना’ फिल्मबाट बलिउडमा पाइला चालेका थिए। त्यो फिल्म सोही वर्षको जुन २५ मा रिलिज भएको थियो। फिल्म ब्लकबस्टर बनेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 28, 2020| 16:41 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्