सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पाकिस्तानका ६ खेलाडीको कोरोनाको दोस्रो रिपोर्ट नेगेटिभ, २० खेलाडी इंग्ल्यान्ड प्रस्थान

पाकिस्तानका ६ खेलाडीको कोरोनाको दोस्रो रिपोर्ट नेगेटिभ, २० खेलाडी इंग्ल्यान्ड प्रस्थान

इंग्ल्यान्ड भ्रमणको सिलसिलामा रहेका पाकिस्तानका १० खेलाडीमध्ये ६ जनाको कोरोना परीक्षणको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ। अब पाकिस्तानको २० सदस्यीय क्रिकेट टिम आइतबार (आज) इंग्ल्यान्ड पुग्ने छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

इंग्ल्यान्ड भ्रमणको सिलसिलामा रहेका पाकिस्तानका १० खेलाडीमध्ये ६ जनाको कोरोना परीक्षणको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ। अब पाकिस्तानको २० सदस्यीय क्रिकेट टिम आइतबार (आज) इंग्ल्यान्ड पुग्ने छ।

सबै खेलाडी चार्टर्ड विमानबाट इंग्ल्यान्ड जाने छन्। दुवै टिमबीच अगस्ट–सेप्टेम्बरमा कोरोनाकै बीच दोस्रो अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हुँदै छ।

कोरोना महामारीका कारण लामो समयसम्म रोकिएको लामो फम्र्याटको क्रिकेट प्रतियोगिता आउँदो ८ जुलाईबाट इंग्ल्यान्डमा सुरु हुँदै छ।

आयोजकले वेस्ट इंन्डिजसँग पहिलो प्रतियोगितामा खेल्न लागेको छ। त्यसपछि आयोजकले नै पाकिस्तानसँग तीन तीन टेस्ट र टी–२० खेल्ने छ। पहिलो टेस्ट ३० जुलाईबाट सुरु हुने छ।

महामारीबीच खेल सुरु भए पनि पाकिस्तानलाई इंग्ल्यान्डमा खेल्न गाह्रो नहुने पाकिस्तानी टेस्ट क्रिकेट टिमका कप्तान अजहर अलीले बताएका छन्।

उनले इंग्ल्यान्ड प्रस्थान गर्नुअघि प्रेस सम्मेलनमा भने, “जहाँसम्म हामीलाई लाग्छ। त्यहाँ कुनै गाह्रो पर्ने छैन। हाम्रो सबै क्रिकेटर इंग्ल्यान्ड गएर खेलेका छन्। त्यहाँ धेरै राम्रो माहोल छ। सायद हामीले भन्दा धेरै राम्रो प्रबन्ध आयोजकले गर्न सक्छ। त्यसैले हामी ढुक्क छौं।”

यता, पाकिस्तानी क्रिकेटका अन्य ४ खेलाडीमा अझै कोरोनामुक्त हुन सकेका छैनन्। पाकिस्तानाले २९ सदस्यको टिम निर्धारण गरेको थियो। त्यसमा १० खेलाडी संक्रमित भएकोमा ६ जना उपचारपछि निको भइसकेका छन्। कोरोनाको पहिलो टेस्ट २० जुनमा भएको थियो भने दोस्रो टेस्ट २५ जुनमा भएको थियो।

आज इंग्ल्यान्ड गएका सबै खेलाडी १४ दिनसम्म क्वारेन्टिनमा रहने छन्। उनीहरुले पनि त्यहाँ रहँदा खेल अभ्यास गर्न पाउने छन्।

एजेन्सी

प्रकाशित: Jun 28, 2020| 15:06 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।