शनिबार, चैत ७, २०८२

सिटीले लिभरपुललाई गार्ड अफ अनर दिन्छ : ग्वार्डिओला

इङ्ग्लिस प्रिमियर लिग विजेता लिभरपुलले ‘गार्ड अफ अनर’ पाउने भएको छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

एजेन्सी- इङ्ग्लिस प्रिमियर लिग विजेता लिभरपुलले ‘गार्ड अफ अनर’ पाउने भएको छ।

National life

लिगअन्तर्गत म्यानचेस्टर सिटीको मैदान इथायड रंगशालामा हुने आउँदो शुक्रबारको खेलमा घरेलु टिमले लिभरपुललाई गार्ड अफ अनर दिने भएको हो।

चेल्सीसँग खेल्नुअघि म्यान्चेस्टर सिटी पछिल्लो लिग विजेता थियो। तर उसले चेल्सीसँग हार बेहोरेसँगै लिगको जारी सिजनको विजेता लिभरपुल बनेको छ।

लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको हो। उसले लिगमा दोस्रो स्थानको सिटीलाई ६ खेलमा २३ अंकले पछि पार्दै उपाधि जितेको हो।

‘हामी अवश्य पनि लिभरपुललाई गार्ड अफ अनर दिनेछौं,’ म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बीबीसीसँग भने, ‘फुटबल खेल्नलाई जब उनीहरु हाम्रो घरेलु मैदानमा आउनेछन्, हामी उनीहरुलाई भव्य रुपमा स्वागत गर्नेछौँ। किनभने उनीहरु त्यसको हकदार छन्।’

Laxmi sunrise bank
kumari

ग्वार्डिओलाको क्लबसँग सम्झौता सन् २०२१ मा सकिँदै छ। तर उनले सम्झौता नविकरण गर्ने वा नगर्नेबारे विचार व्यक्त गर्न अस्वीकार गरेका छन्।

२०२१ सम्ममा उनले म्यानचेस्टर सिटीमा पाँच सिजन विताइसकेका हुनेछन्। यो उनले बार्सिलोनामा विताएको सिजनभन्दा धेरै हो।

क्लबमा रहँदा उनले सिटीलाई २ प्रिमियर लिग जिताए भने एफए कपमा पनि सिटीलाई विजेता बनाएका छन्। यसैबीच उनले क्लब छोड्नसक्ने हल्ला पनि बाहिरिएका छन्।

प्रकाशित: Jun 28, 2020| 13:47 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।