सोमबार, असार २९, २०८३

म्यानचेस्टर युनाइटेड एफए कपको सेमीफाइनलमा

प्रिमियर लिगको सर्वाधिक विजेता क्लब म्यानचेस्टर युनाइटेड एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

एजेन्सी- प्रिमियर लिगको सर्वाधिक विजेता क्लब म्यानचेस्टर युनाइटेड एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ। शनिबार रातिको खेलमा नर्विच सिटीलाई २–१ गोल अन्तरले हराउँदै सेमीफाइनलमा पुगेको हो ।

जितका लागि ओडिओन इघालो र ह्यारी मगुइरेले गोल गरे । पहिलो हाफमा दुवै क्लबबाट गोल नभएपछि बराबरीमा रोकिएको थियो ।

दोस्रो हाफमा छैटौं अर्थात खेलको ५१ औं मिनेटमा इघालोले गोल गर्दै युनाइटेलाई सुरुवाती अग्रता दिलाए।

तर नर्विचका टोड कान्टवेलले ७५ औं मिनेटमा खेललाई बराबरीमा ल्याए। निर्धारित ९० मिनेटसम्म पनि खेल बराबरी भएपछि खेललाई थप ३० मिनेट लम्ब्याईको थियो।

थपिएको समयमा ह्यारी मागुइनले गोल गर्दै युनाइटेडलाई जित दिलाए। जितसँगै युनाइटेड ३० औं पटक इंग्ल्यान्डको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता एफए कपको सेमीफाइनलमा पुगेको हो।

प्रकाशित: Jun 28, 2020| 09:11 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।