सोमबार, असार २९, २०८३

बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकियो, उपाधि जोगाउन सकस

बार्सिलोनोको यो २ अंक लिग विजयका लागि बाधक बन्न सक्ने सम्भावना छ । शीर्षस्थाका लागि रियल मड्रिडसँग तिव्र प्रतिस्पर्धा रहेको समयमा उसको यो बराबरी बाधा बन्न सक्ने छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

स्पेनिस ला लिगाको साविक जितेजा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ ।

सेल्टाकै मैदान म्युनिसिपल डि बालाइदोसमा शनिबार राति भएको खेलमा २–२ गोलको बराबरी भएको हो ।

क्विके सेटिएनको टिमले खेलको २० मिनेटमै अग्रता बनायो। लुईस स्वारेजको गोलमा बनाएको अग्रता ५० औं मिनेटमा सेल्टाका फ्योदोर स्मोलोभले खोसे ।

स्मोलोभको गोलसँगै प्रतिस्पर्धात्मक बनेको खेलको ६७ औं मिनेट स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए। तर सो अग्रता खेल सकिनुभन्दा २ मिनेट अघिमात्र सेल्टाले खोस्यो ।

सेल्टाका आएगो असपसले फ्रि किकमार्फत गोल गरेर खेललाई बराबरीमा ल्याए । सो बाराबरीपछि कुनै गोल सम्भव भएन। फलत बार्सिलोनाले २ अंक गुमायो ।

बार्सिलोनोको यो २ अंक लिग विजयका लागि बाधक बन्न सक्ने सम्भावना छ । शीर्षस्थाका लागि रियल मड्रिडसँग तिव्र प्रतिस्पर्धा रहेको समयमा उसको यो बराबरी बाधा बन्न सक्ने छ।

शनिबार रातिको बराबरीसँगै बार्सिलोना शीर्ष स्थानमा पुगेको छ। ६८ अंकका साथ दोस्रो स्थानमा रहेको रियललाई एक अंकले पछि पार्दै ऊ शीर्ष स्थानमा उक्लिएको हो। यद्यपि रियलले बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ। उता रेलिगेसनभन्दा केही माथी रहेको सेल्टा ३४ अंकसहित १६औं स्थानमा छ।

गएराति नै सम्पन्न अन्य खेलमा ओसासुनाले घरेलु मैदानमा लेगानेसलाई हराएको छ। उसले २–१ गोल अन्तरले लेगानेसलाई हराएको हो।

त्यस्तै तेस्रो स्थानको एट्लेटिको मड्रिडले १५ औं स्थानको अलाभेसमाथी २–१ गोल अन्तरको जित निकालेको छ।

ला लिगामा आइतबार लेभान्टे र रियल बेटिसबीच साँझ पौने ६ बजे प्रतिस्पर्धा हुनेछ भने भिल्ला रियल र भ्यालेन्सियाबीच राति पौने १० बजे खेल हुने छ ।

ग्रानाडा र आइबरबीच राति सवा ११ बजे भिडन्त हुने छ भने इस्पानोयल र रियल मड्रिड राति पौने २ बजे मैदान उत्रिने छन् ।

प्रकाशित: Jun 28, 2020| 08:56 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।