सोमबार, असार २९, २०८३

सकियो बुन्डेसलिगाको सिजनः डर्टमुन्डको लज्जास्पद हार

बुन्डेसलिगा अन्तर्गत शनिबार साँझ सम्पन्न अन्तिम चरणको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले होफेनहाइमसँग लज्जास्पद हार व्यहोरेको छ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

बुन्डेसलिगा अन्तर्गत शनिबार साँझ सम्पन्न अन्तिम चरणको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले होफेनहाइमसँग लज्जास्पद हार व्यहोरेको छ।

सिग्नल इदुना पार्कमा सम्पन्न खेलमा घरेलु टोली डर्टमुन्डले पाहुना टोलीसँग ४–० को लज्जास्पद हार व्यहोरेको हो।

होफेनहाइमको जीतका लागि एन्द्रे क्रामारिचले ४ गोल गरे। उनले ८ र ३० औं मिनेटमा गोल गर्दै क्लबलाई दुई गोलको अग्रतामा पु-याए। त्यस्तै दोस्रो हाफको ४८ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक गर्न सफल भए।

क्रामारिचले ह्याट्रिक गरेको २ मिनेटपछि नै होफेनहाइमले पेनाल्टीको अवसर पायो। सो अवसरको सदुपयोग गर्दै उनले खेलमा व्यक्तिगत ४ गोल पु-याए।

उनले यो सिजनमा १२ गोल गरिसकेका छन्। जसमा एक गोल पेनाल्टीबाट गरे। ४ गोलले बोरुसियालाईसँगै क्रामारिचले क्लबलाई युरोपा लिगमा पु-याएका छन्।

हारका बाबजुद डर्टमुन्ड भने लिगको दोस्रो स्थानमा छ। उसले ३४ खेलबाट २१ जीत, ६ बराबरी र ७ हारका साथ ६९ अंक बनाएको हो।

शीर्ष स्थानको बायर्नको ८२ अंक छ। ऊ २ खेल अगावै लिग विजेता भयो। यता आजको खेलबाट सुखद अन्त्य गरेको होफेनहाइम छैटौं स्थानमा रहँदै अर्को सिजनको युरोपा लिगमा सहभागी बन्न योग्य भएको हो।

उसले १५ जीत, ७ बराबरी र १२ खेलमा हारका साथ लिगमा छैटौं स्थान प्राप्त गरेको हो। यो खेलअघि ऊ लिगको सातौं स्थानमा थियो।

शनिबार साँझ सम्पन्न अन्य खेलको नजिता

युनिय बर्लिन २ – ० डुसेलडर्फ

ग्लाडबाख २ – ० हेर्था बार्लिन

आइन्ट्राक्ट फ्रान्कफ्रुर्ट ३ – २ पार्डाबर्न

ब्रोमेन ६ – १ कोल्न

फ्राइबर्ग ४ – ० साल्के

लिभरकुसन १ – ० माइन्ज

अग्स्बर्ग १ – २ लाइप्जिक

 

प्रकाशित: Jun 28, 2020| 08:36 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।