शनिबार, चैत ७, २०८२

प्रदेश सांसदद्वारा खेलकुद सामग्री हस्तान्तरण

विराटनगर– प्रदेश १ सांसद यशोदा अधिकारीले विराटनगरको एक क्वललाई खेल सामग्री हस्तान्तरण गरेकी छिन् । विराटनगर–११ विराट बुद्ध स्पोर्टिङ क्लबलाई शनिबार एक खेलकुद सामग्री प्रदान गरिएको हो ।
 |  आइतबार, असार १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार १४, २०७७

विराटनगर– प्रदेश १ सांसद यशोदा अधिकारीले विराटनगरको एक क्वललाई खेल सामग्री हस्तान्तरण गरेकी छिन् । विराटनगर–११ विराट बुद्ध स्पोर्टिङ क्लबलाई शनिबार एक खेलकुद सामग्री प्रदान गरिएको हो ।

National life

प्रदेश सांसद अधिकारीले क्लबलाई फुटबल खेलका खेलकुद सामग्री हस्तान्तरण गरेकी छन् । दुई लाख ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री क्लबलाई प्रदान गरिएको क्लबका सचिव खेम थापाले बताए ।

सांसद विकास कोषको १ लाख ९७ हजार रुपैयाँ र क्लबको आन्तरिक स्रोतको ३३ हजार रुपैयाँको फुटबल खेलका सामग्री खरिद गरिएको क्लबका अध्यक्ष रोहितकुमार कोइरालाले बताए । खेलाडीका लागि ट्रयाकसुट ६० जोर, जर्सी २५ जोर, फुटबल बुट २५ जोर, नेट १ सेट र फुटबल ३० थान क्लबलाई प्रदान गरिएको थियो ।

सांसद अधिकारीले खेलकुदका माध्यमबाट एउटा स्वास्थ्य समाज निर्माण गर्न सकिने भएकाले आफ्नो कोषबाट क्लबलाई सहयोग गरेको बताइन् । ‘क्लबले खेलकुदका माध्यमबाट एउटा स्वास्थ्य समाज निर्माण गर्नुका साथै खेल र खेलाडीको स्तर वृद्धि गर्दै जान सके अझ राम्रो हुन्थ्यो,’ अधिकारीले भनिन्, ‘कोरोनाको महामारी सामान्य भए महिला फुटबल गर्नुहोस् सहयोग गरौंला । किनभने महिला खेलाडीलाई तपाईहरूले विशेष प्राथमिकता दिनुपर्छ ।’

प्रकाशित: Jun 28, 2020| 05:53 आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।