सोमबार, असार २९, २०८३

बुन्डेसलिगामा बायर्नको सुखद अन्त्य

बुन्डेसलिगामा दुई खेलअगावै लिग विजेता बनेको बायर्न म्युनिकले अन्तिम खेलमा सानदार जित निकालेको छ। बायर्नले वुल्भ्सबर्गको मैदानमा घरेलु टिमलाई ४–० गोलअन्तरले हराउँदै लिगको सुखद अन्त्य गरेको हो।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

बुन्डेसलिगामा दुई खेलअगावै लिग विजेता बनेको बायर्न म्युनिकले अन्तिम खेलमा सानदार जित निकालेको छ। बायर्नले वुल्भ्सबर्गको मैदानमा घरेलु टिमलाई ४–० गोलअन्तरले हराउँदै लिगको सुखद अन्त्य गरेको हो।

आजको खेलमा जितका लागि किंस्ले कोमन, मिकेल कुइसेन्स, रोबर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे। पहिलो हाफमै बायर्नले दुई गोलको अग्रता लिएको थियो। खेलको चौथो मिनेटमै कोमनको गोलबाट अग्रता बनाएको बायर्नको ३७ औं मिनेटमा कुइन्सेको गोलबाट अग्रता दोब्बर भएको थियो।

त्यस्तै पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै लेवान्डोस्कीले ७२ औं मिनेटमा गोल गरे भने ७९ औं मिनेटमा मुलरको गोलले क्लबको अग्रता ४–० मा पुर्याए। यही अग्रता अन्तिम समयसम्म कायम रहेपछि क्लबले फराकिलो अन्तरले जित निकाल्यो।

जारी सिजनमा लेवान्डोस्कीले ३४ गोल गर्दै लिगको सर्वाधिक गोलकर्तासमेत घोषित भएका छन्।

यता आज साँझ सम्पन्न खेलसँगै बुन्डेसलिगाका सबै खेल सकिएका छन्। बायर्नसँग हारेसँगै वुल्भ्सबर्गलाई ठूलो झट्का लागेको छ। ऊ छैटौं स्थान गुमाउँदै सातौं स्थानमा झरेको छ। जसकारण युरोपा लिगमा सहभागी बन्न पाउने उसको सम्भावना समाप्त भएको छ।

त्यस्तै लिगको पाचौं स्थानमा रहँदै लिभरकुसन र छैटौं स्थानमा रहँदै होफेहाइमले अर्को वर्षको युरोपा लिगमा स्थान बनाएका छन्। त्यस्तै लिगको शीर्ष ४ मा रहेर बायर्न, डर्टमुन्ड, लाइप्जिक र मोन्चेग्लाडबाख अर्को वर्षको च्याम्पियन्स लिगमा प्रवेश गरेका छन्।

एजेन्सी

प्रकाशित: Jun 27, 2020| 23:24 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।