सोमबार, असार २९, २०८३

आजबाट बुन्डेसलिगा सकिँदै

एजेन्सी– जर्मन बुन्डेसलिगा अन्तर्गत आज साँझ अन्तिम चरणका सम्पूर्ण खेल हुँदैछन्। नेपाली समय अनुसार साँझ सवा ७ बजे लिगका अन्तिम चरणका सबै खेल हुनेछन्।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

एजेन्सी– जर्मन बुन्डेसलिगा अन्तर्गत आज साँझ अन्तिम चरणका सम्पूर्ण खेल हुँदैछन्। नेपाली समय अनुसार साँझ सवा ७ बजे लिगका अन्तिम चरणका सबै खेल हुनेछन्।

कोरोनाको महामारीपछि युरोपको पाँच शीर्ष लिगहरुमध्ये सबैभन्दा छिटो सुरु भएको लिग हो– बुन्डेसलिगा। जर्मनीमा महामारी कम हुँदै गएपछि चान्सलर एन्जेला मार्केल सरकारले फुटबल फर्काउने अनुमति दिएको थियो।

आज साँझबाट सकिन लागेको बुन्डेसलिगा २०१९ को अगस्ट १७ बाट सुरु भएको थियो। बायर्नको मैदानमा भएको पहिलो खेलमा उसले पाहुना टोली हेर्था बर्लिनसँग २–२ गोलको बराबरी खेलेको थियो।

क्रमशः चलिरहेको बुन्डेसलिगा कोरोना महामारीका कारण मार्चको मध्य साताबाट अचानक रोकियो। रोकिनु अघि यही वर्षको मार्च ११ मा ग्लाडबाखको मैदानमा उसले कोल्नसँग प्रतिस्पर्धा गरेको थियो। त्यो खेल कोल्नले २–१ को गोल अन्तरले पराजय भोगेको थियो।

त्यस्तै मार्चबाट रोकिएको खेल मे १६ बाट फेरि सञ्चालनमा आयो। महामारीकै बीच सुरु भएको लिगको पहिलो खेलमा डर्टमुन्डले घरेलु मैदानमा साल्केलाई ४–० को गोल अन्तरले हराएको थियो।

आज साँझबाट भने जारी सिजन सकिने छ। यो सिजनमा २ खेल अगावै बायर्न म्युनिख विजेता भएको छ भने बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा छ। आजको खेलमा जित–हार जस्तो नतिजा आए पनि उनीहरुको स्थान परिवर्तन हुने छैन।

बुन्डेसलिगामा जम्मा १८ क्लबले प्रतिस्पर्धा गर्छन्। होम र अवे (डबल राउन्ड रोविन) प्रणालीमा हुने खेलमा एक क्लबले ३४ खेल खेल्नुपर्ने हुन्छ। एक चरणमा ९ खेल हुन्छन्।

आज साँझ सवा ७ बजे हुने खेलहरुः

१. युनिय बर्लिन र डुसेलडर्फ
२. ग्लाडबाख र हेर्था बार्लिन
३. वुल्भ्सबर्ग र बायर्न (विजेता)
४. आइन्ट्राक्ट फ्रान्कफ्रुर्ट र पाडबिर्न
५. ब्रोमेन र कोल्न
६. फ्राइबर्ग र साल्के
७. लिभरकुसन र माइन्ज
८. बोरुसिया डर्टमुन्ड र होफेनहाइम
९. अग्स्बर्ग र लाइप्जिक

प्रकाशित: Jun 27, 2020| 16:46 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।