बुधबार, कात्तिक १९, २०८२

इलामको सूर्योदयमा क्रिकेट मैदान बन्दै

पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिकामा क्रिकेट मैदान बन्ने भएको छ। नगरपालिले यो योजनालाई महत्त्वका साथ अघि बढाएको नगर उपप्रमुख दुर्गादेवी भट्टराईले बताइन्।
 |  शनिबार, असार १३, २०७७

विनय सापकोटा

विनय सापकोटा

शनिबार, असार १३, २०७७

काठमाडौं- पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिकामा क्रिकेट मैदान बन्ने भएको छ। नगरपालिले यो योजनालाई महत्त्वका साथ अघि बढाएको नगर उपप्रमुख दुर्गादेवी भट्टराईले बताइन्।

Kumaribank

नगरपालिकाले बहुवर्षीय योजनाको रुपमा क्रिकेट मैदान निर्माण कार्य सुरु गर्न लागेको छ। ‘यो ठूलो योजना हो। हामीले बहुवर्षीय योजनाको रुपमा अघि बढाउँदै छौँ। चालू आर्थिक वर्षमा ३० लाख जति बजेट हामीसँग छ। यसलाई बढाउँदै लाने विचार गरेका छौँ,’ उपमेयर भट्टराईले नेपाल समयसँग भनिन्।

हालसम्म इलाममा कुनै पनि क्रिकेट मैदान निर्माण भएको छैन। राष्ट्रिय स्तरबाट पनि इलाममा क्रिकेट मैदानका लागि पहल भएको छैन।

‘यो आयोजना प्रदेश सरकारको एक ग्राम एक खेलमैदान योजनसँग मिसाएर लैजाने सोचेका छौं। संघीय सरकारबाट यसका लागि पहल भएको छैन,’ उनले भनिन्, ‘यो वर्ष पनि नगरपालिकाले यही मैदानका लागि भनेर १० लाख रकम छुट्याएको छ।

यो ठूलो रकम नभए पनि नगरले गर्न सक्ने राम्रै रकम हो। हामीले यसबारे प्रदेश सरकारसँग छलफल गरेर बजेटको व्यवस्था गर्नेछौं।’

Metro Mart

सूर्योदय नगरपालिका– ८ कजिनीमा ४ दिनअघिदेखि निर्माण सुरु भइसकेको उनले जानकारी दिइन्।

नगरपालिकाको आउँदो आर्थिक वर्ष २०७७/७८ को भौतिक पूर्वाधारतर्फको १७ नम्बर बुँदामा क्रिकेट मैदान बनाउने व्यवस्थाबारे उल्लेख गरिएको छ।

असारे विकासको सिकार

मैदानका लागि ३० लाख बजेट छुट्याइए पनि काम ढिलो सुरु भएको छ। अब साउन लागेसँगै काम अघि बढ्ने अवस्था भने नभएको उपमेयर भट्टराई बताउँछिन्। त्यसपछि सरकारले फेरि योजनमा पैसा हाल्नुपर्यो अनि मात्र काम हुन्छ।

‘अब सरकारले नै पैसा ढिलो गरेर हाल्छ योजना सुरु गर्नै धौधौ हुन्छ। यो असारमा तीस लाख बराबरीको काम भएन भने बजेट फ्रिज हुने अवस्था छ। अनि अर्को बजेट पर्खिनुपर्यो,’ उनले भनिन्।

अब नयाँ वर्षको बजेटमा यही क्रिकेट मैदानका लागि साउनमै अख्तियारी हुने र बजेट क्रमशः चलिरहने अवस्था भने देखिँदैन।

प्रदेशबाट बजेट छुट्टिएकै छैन

प्रदेशभरको खेलकुद कार्यक्रम सामाजिक विकास मन्त्रालयको समन्वयमा हुने गर्दछ। सूर्योदय नगरपालिकाले पनि सोही मन्त्रालयमा बजेटका लागि माग पठाएको भए पनि यो वर्ष प्रदेशको बजेट त्यता नपरेको मन्त्रालयका सूचना अधिकारी बलराम पराजुलीले बताए।

‘पोहोरको बजेटमा भने केही रकम थियो। यो वर्षको बजेटमा इलामको क्रिकेट मैदानका लागि बटेज गएको छैन,’ उनले भने।

तर प्रदेशको प्राथमिकतामा कम परे पनि नगरपालिकाले कुनै निजी स्रोतले मैदानका लागि सहयोग गर्न तयार रहे सो सहयोग लिन नगरपालिका तयार रहेको बताएको छ। तर अहिलेसम्म कुनै पनि संस्थाले मैदानका लागि सहयोग गरेको अवस्था छैन।

प्रकाशित: Jun 27, 2020| 14:25 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।