शनिबार, चैत ७, २०८२

राखेपका पूर्वसदस्यसचिव सिंहको निधन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ। सिंहको शुक्रबार राति छाउनीस्थित निवासमा निधन भएको नाति सुशील मल्लले जनाएका छन्।

National life

सिंह लामो समयदेखि दमबाट पीडित थिए। उनी राखेपका सातौं सदस्यसचिव हुन्। उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्यसचिव भएका थिए।

स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ। स्व.सिंहका पत्नी, दुई छोरा र छोरी छन्।

यसैबीच, राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: Jun 27, 2020| 14:19 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।