सोमबार, असार २९, २०८३

ठूलो क्लबका फाइदा र बेफाइदा

मड्रिडलाई हराउन सानो साहसले पुग्ने अवस्था छैन। जिनेदिन जिदानेको टिम दुवै डिबक्समा उत्तिकै बलियो र विश्वस्त देखिन्छ। तर, बार्सिलोनाको टिम मड्रिडजस्तो देखिँदैन। यसको फाइदा मड्रिडलाई हुने देखिन्छ।
 |  शनिबार, असार १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार १३, २०७७

कोरोनाको माहामारीपछि पुनः सुरु भएको स्पोनिस ला लिगाको सुरुवाती चारै खेल जित्ने टिम हो– रियल मड्रिड। जहाँ बार्सिलोनाले एक खेल बराबरी खेलेको छ।

सेभिल्लासँग जुन २० को खेलमा उसले दुई अंक गुमाएको थियो। यसकारण घुमाउरो तरिकाले बुल्गारानाले आफ्नो खेल गुमाउन थालेको छ।

यसैले होला– बार्सिलोनाका खेलाडीले गरेका तर्कहरु धमिला र अरुप्रति शंकालु देखिन थालेका छन्। उसले रेफ्रीलाई पनि विवादमा तान्ने खालको भाषा बोल्न थालेको छ।

बार्सिलोनाको यो कामलाई युरोपियन फुटबल पण्डितहरु क्लबको कमजोरी, नर्भस हुनुको संकेत र टिमको धमिलोपनाबाहेक केही देख्दैनन्। टिमले फुटबलमा आफ्नो स्थिरता गुमाउँदै जाँदा यस्तो अभिव्यक्ति आउन थालेको पनि फुटबल पण्डित बताउँछन्।

अहिले बार्सिलोनाको बाटोमा रियल मड्रिड उभिएको छ। मड्रिड बलियो डिफेन्डर र आक्रामक फरवार्डले भरिएको टिम हो। अंकतालिकामा पनि बलियो देखिएकाले उसको मनोबल पनि उच्च नै छ। जसले उसको जोखिम कम गर्ने छ।

मड्रिडलाई हराउन सानो साहसले पुग्ने अवस्था छैन। जिनेदिन जिदानेको टिम दुवै डिबक्समा उत्तिकै बलियो र विश्वस्त देखिन्छ। तर, बार्सिलोनाको टिम मड्रिडजस्तो देखिँदैन। यसको फाइदा मड्रिडलाई हुने देखिन्छ।

यदि बार्सिलोनासँग यो स्क्वाड भए पनि क्वेक सेटिएनले अन्सू फाती र सिकी पुइजको साथ अधिकतम प्रयोग गर्नु पर्ने अवस्था आउन सक्छ।

रियलको मायोर्कासँगको पछिल्लो खेल हेर्दा, जिदानले आफ्नो टिमका हतियारहरु देखाएका थिए। त्यहाँ करिम बेञ्जेमा, भिनिसियस जुनियर, इडेन हजार्ड, ग्रेथ बेल, माक्रो एसेन्सियो, ब्राहिम डियाज र मारियानो डियाज थिए। र, त्यहाँ अझै धेरै खेलाडी बेन्चमा नै थिए।

फरवार्डको यत्रो धेरै स्रोतबाट लस बाल्कोन्सले लिगमा आफ्नो विजय देखिरहेको छ। जिदाने अहिले आफ्ना खेलाडीलाई परिवर्तन गर्ने र नयाँ रणनीति बनाउने पक्षमा छैनन्। किनभने उनले मड्रिडका २०३ खेलमा १७९ भिन्न प्रकारका सुरुवाती लाइनअप बनाएका थिए। जुन १२ खेलमा ११ फरक प्रकारका लाइनअप हुन जान्छ।

कसैले छोड्नै चाहँदैन क्लब !

क्लब जस्तो भए पनि क्लबमा एक प्रकारको विरोधाभाष पाइन्छ। विरोधाभाषको आवाजका बाबजुद कुनै खेलाडी क्लब छोड्न चाहँदैन। जब फुटबल ट्रान्सफर विन्डो सुरु हुन्छ, रियललाई यही कुरा खड्गिन्छ।

जब क्लबले यो कुरा थाहा पाउँछ कि खेलाडीलाई धेरै खेलमा समावेश गराइए पनि कम समावेश गराइए पनि वा नगराइए पनि खेलाडीले क्लब छोड्ने छैनन् : क्लबले ट्रान्सफर फी र ज्याला घटाउने भनेको छ।

अहिले रियल मड्रिडमा ड्रेसिङ रुमको अभाव छ। कुनै खेलाडीलाई नबेची नयाँ खेलाडी ल्याउने हो भने उसलाई रुम आवश्यक छ। त्यसैले उसले १२ जना नयाँ खेलाडीलाई राम्रो अवसर दिन पाइरहेको छैन।

यदि कसैले क्लब छोडेन भने नयाँ खेलाडी ल्याउन क्लबलाई समस्या पर्ने छ।

अहिले मड्रिडसँग ३७ खेलाडीको धेरै ठूलो र महँगो टिम छ। त्यसकाण क्लबलाई कुनै खेलाडीलाई क्लबबाट बिदा नगरे नयाँ खेलाडीलाई ल्याउन कठिन छ।

एजेन्सी

प्रकाशित: Jun 27, 2020| 12:53 शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।