बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दैनिक कोभिड अपडेट : १७ सय ६० संक्रमित थपिए, तीन लाखले खोप लगाए

दैनिक कोभिड अपडेट : १७ सय ६० संक्रमित थपिए, तीन लाखले खोप लगाए

पछिल्लो २४ घण्टामा देशर १ हजार ७६० जना कोरोना संक्रमित थपिएका छन्।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशर १ हजार ७६० जना कोरोना संक्रमित थपिएका छन्।

१६ हजार ८४४ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा १ हजार २२० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ३०७ छ।

आज कोरोनाबाट सात जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा करिब ३ लाख जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। योसँगै कोभिडविरुद्धको खोप लगाउनेको संख्या एक करोड १४ लाख नाघेको छ। 

पूर्ण खोप लगाउनेको संख्या ५४ लाख १५ हजार ४२७ छ भने ६० लाख ४१९ जनाले पहिलो डोज लगाएका छन्। खोप लगाउने क्रम बढेसँगै संक्रमित थपिने दर पनि केही दिनयता स्थिर देखिएको छ। 

प्रकाशित: Sep 15, 2021| 18:19 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।