सोमबार, जेठ १८, २०८३

प्रदेश १ मा दुई मन्त्री र तीन राज्यमन्त्रीद्वारा शपथ ग्रहण

प्रदेश प्रमुख सोमनाथ अधिकारीले बुधबार साँझ एक समारोहबीच नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

मोरङ- प्रदेश १ का नवनियुक्त दुई मन्त्री र तीन राज्यमन्त्रीले शपथ ग्रहण छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारीले बुधबार साँझ एक समारोहबीच नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। 

National life

शपथ लिनेहरुमा आर्थिक मामिला तथा योजनामन्त्री तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लभ अधिकारी, भूमि व्यवस्था, कृषि राज्यमन्त्री ज्ञानेश्वर राजववंशी, उद्योग, पर्यटन, वन, वातावरण राज्यमन्त्री उत्तमकुमार बस्‍नेत रहेका छन्। 

मुख्यमन्त्री भीम आचार्यले बुधबार ती मन्त्रीहरुलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। 

अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै एमालेका तीन सांसदले भने मन्त्री बन्‍न अस्वीकार गरेका छन् । एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, सांसद बिमल कार्की, निवर्तमान राज्यमन्त्री राजकुमार ओझाले मन्त्री पद अस्वीकार गरेका हुन् ।


Shivam cement




  

प्रकाशित: Sep 15, 2021| 18:05 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।