सोमबार, असार २९, २०८३

२०२३ को महिला विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने

एजेन्सी– दक्षिण अमेरिकी राष्ट्र कोलम्बियालाई पछि पार्दै आगामी महिला विश्वकप आयोजना अष्ट्रेलिया र न्युजिल्याण्डमा गर्न विश्व फुटबलको सर्वोच्च निकाय फिफाले स्वीकृति प्रदान गरेको छ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

एजेन्सी– दक्षिण अमेरिकी राष्ट्र कोलम्बियालाई पछि पार्दै आगामी महिला विश्वकप आयोजना अष्ट्रेलिया र न्युजिल्याण्डमा गर्न विश्व फुटबलको सर्वोच्च निकाय फिफाले स्वीकृति प्रदान गरेको छ।

फिफाले स्वीकृति दिएसँगै सन् २०२३ को फिफा महिला विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने तय भएको छ।

यसअघि ब्राजिल र जापानले पनि प्रतियोगिता आयोजना गर्न बिड हालेका थिए। तर, उनीहरुले नाम फिर्ता लिए ।

फिफाको ३५ भोटमा अष्ट्रेलियाले २२ भोट प्राप्त गर्दा कोलम्बियाले १३ भोट पायो । ब्राजिलले भने कोरोना महामारीको जोखिम धेरै भएपछि विश्वकप नगर्ने फैसला गर्दै आफ्नो नाम फिर्ता लिएको थियो। त्यसपछि ऊ कोलम्बियाको पक्षमा देखिँदै आएको थियो।

अष्ट्रेलिया र न्युजिल्याण्डमा २०२३ को जुलाई–अगष्टमा हुने महिला विश्वकपमा पहिलो पटक ३२ टिमले प्रतिस्पर्धा गर्नेछन्। अहिलेसम्म २४ टिमले विश्वकपमा प्रतिस्पर्धा गर्दै आएका छन् ।

 

प्रकाशित: Jun 26, 2020| 07:13 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।