शनिबार, चैत ७, २०८२

हारसँगै ईपीएलको उपाधि होडबाट बाहिरियो म्यान्चेस्टर सिटी

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा हार बेहोरेसँगै म्यान्चेस्टर सिटी उपाधि होडबाट बाहिरिएको छ।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा हार बेहोरेसँगै म्यान्चेस्टर सिटी उपाधि होडबाट बाहिरिएको छ।

National life

चेल्सीको मैदान स्ट्यामफर्ड ब्रिज रंगशालमा २–१ गोलअन्तरले घरलु टिमसँग हार बेहोरेपछि ऊ उपाधि होडबाट बाहिरिएको हो।

उता साविकको युरोपा लिग विजेता चेल्सीका तर्फबाट क्रिस्टियन पुलिसक र विलियम्स ले एक–एक गोल गरे। खेलको ३६ औं मिनेटमा गोल गर्दै चेल्सीले खेलमा अग्रता बनाएको थियो। सो अग्रतासहित पहिलो हाफमा घरेलु टिम अघि रह्यो।

दोस्रो हाफको ५५ औं मिनेटमा सिटीका केभिन डि ब्रुनले गोल गर्दै खेललाई बराबरीमा ल्याए पनि ७८ औं मिनेटमा विलियमले गोल गर्दै घरेलु टिमलाई जिताए। विलियमले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरेका थिए।

हारका बाबजुद म्यन्चेस्टर सिटी ६३ अंकका साथ दोस्रो स्थानमा कायम छ। यता जित निकालेको चेल्सी ५४ अंकका साथ चौथो स्थानमा छ। चेल्सी तेस्रो स्थानको लेस्टर सिटीभन्दा एक अंक पछि रहेर लेस्टरलाई पछ्याइरहेको छ।

Laxmi sunrise bank
kumari

म्यान्चेस्टर सिटीले पछिल्लो दुई सिजन प्रिमियर लिगको उपाधि जितेको थियो। उसले गतसाल लिभरपुललाई एक अंकले हराउँदै लिगको उपाधि जितेको भए पनि यो वर्ष ७ खेल अगावै लिगको उपाधि होडबाट बाहिरियो।

 

प्रकाशित: Jun 26, 2020| 06:29 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।