शनिबार, चैत ७, २०८२

प्रिमियर लिगको उपाधि लिभरपुललाई

अब सिटीले बाँकी सबै खेल जितेमा पनि ८४ अंक मात्र हुनेछ। यही गणितका आधारमा ७ खेल अगावै लिभरपुलले प्रिमियर लिग जितेको हो।
 |  शुक्रबार, असार १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १२, २०७७

एजेन्सी– ३० वर्षपछि इंग्लिस प्रिमियर लिग (ईपीएल)को उपाधि लिभरपुलले जितेको छ। उसले म्यान्चेस्टर सिटीलाई पछि पार्दै उपाधि जितेको हो।

National life

ईपीएल अन्तर्गत गएराति स्टेमफर्ड रंगशालामा चेल्सीले म्यान्चेस्टर सिटीलाई हराएपछि लिभरपुलले उपाधि जित्यो। अंक तालिकामा दोस्रो स्थानको सिटीको ७ खेल बाँकी रहँदा ६३ अंक छ। यता शीर्ष स्थानको लिभरपुलको ८६ अंक छ।

अब सिटीले बाँकी सबै खेल जितेमा पनि ८४ अंक मात्र हुनेछ। यही गणितका आधारमा ७ खेल अगावै लिभरपुलले प्रिमियर लिग जितेको हो।

यो लिभरपुलको १९ औं लिग उपाधि हो। यसअघि उसले सन् १९८९–९० मा केनी डग्लसको क्लबले उपाधि जितेको थियो। गत साल पनि अन्तिम खेलसम्म उपाधि होडमा रहेको लिभरपुल म्यान्चेस्टर सिटीसँग एक अंकले पछि परेका कारण लिग विजेता बन्न सकेको थिएन।

एनफिल्डमा समर्थकको ओइरो

Laxmi sunrise bank
kumari

गएराति खेल थियो, चेल्सीको मैदान स्ट्यामफर्ड ब्रिज रंगशालामा। तर मानिसहरु लिभरपुलको मैदान एनफिल्डमा ओइरो लागेका थिए। नलागुन् पनि कसरी ? उत्सव मनाउन ३० वर्षको पर्खाइ थियो। ३० वर्षपछिको लिभरपुलको विजय उत्सव मनाउन मानिसहरु एनफिल्ड वरपर आइपुगेका थिए।

यता कोरोना महामारीका कारण खेल भने बन्द रंगशालामा भएको थियो। सरकार र विश्व स्वास्थ्य संगठनले मानिसहरुलाई सामाजिक दूरी कायम राख्नका लागि भनेको छ। तर मानिसहरु सो मापदण्डलाई वेवास्ता गर्दै हजारौँको संख्यामा एनफिल्ड मैदानमा भीड लागेका थिए।

धेरै संख्यामा मानिसहरुले मास्क, पञ्जा लगाएर विजय उत्सवमा सहभागी भएका थिए।

खेलाडीले घरमै मनाए उत्सव

जब चेल्सी र सिटीको खेल चलिरहेको थियो, गोलकिपर एलिसन, डिफेन्डर भान डाइक, मिडफिल्डर एलेक्स घरबाटै खेल हेरिरहेका थिए। उनीहरुले घरबाटै विजय उत्सव मनाएका छन्।

गएराति लिभरपुलको जर्सीमा बाहिर देखिएका प्रशिक्षक योर्गेन क्लोपले यो जितले अत्यन्तै खुसी भएको बताएका छन्। उनले भने, ‘मेरो लागि यो अविश्वसनिय जित हो। मसँग यो खुसी बयान गर्ने शब्द नै छैन। लिभरपुलका लागि उपाधि जित्नु एक जब्बर काम थियो। यो मेरो सोचभन्दा पनि धेरै माथिको विजय हो।’

उनले थपे, ‘तर मैले यहाँको समर्थकको जस्तो उपाधिका लागि ३० वर्ष पर्खनु परेन। किनभने म साढे ४ वर्षबाट मात्र यहाँ छु।’

प्रकाशित: Jun 26, 2020| 06:03 शुक्रबार, असार १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।