सोमबार, असार २९, २०८३

लिग जित्ने समय हाम्रो हो : सलाहा

 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

३० वर्षपछि विश्वको नामी क्लबले फेरि नयाँ उपाधिको लागि प्रमुख दावेदारी प्रस्तुत गरेको छ। यसैबीच लिभरपुलका फरवार्ड मोहम्मद सलाहले यो सिजनको प्रिमियर लिग समय आफ्नो भएको बताएका छन्।

गए राति सम्पन्न जारी सिजनको पछिल्लो खेलमा लिभरपुलले ४–० को गोलअन्तरले किस्टल प्यालेसलाई हराएको छ, जसमा सलाहले पनि गोल गरे। त्यो जितपछि प्रिमियर लिग जित्न उसलाई मात्र २ अंक आवश्यक छ।

तर, उसले आज रातिको खेलबाट पनि लिग जित्न सक्ने छ। नेपाली समय अनुसार राति १ बजेको खेलमा यदि चेल्सीले म्यान्चेस्टर सिटीलाई हराउन सके लिभरपुलले आजै राति उपाधिमा कब्जा जमाउने छ।

“हामीलाई लिग जित्न २ अंक मात्र चाहिएको छ,” सलाहले स्काई स्पोर्टसँग भने, “म यहाँ आएदेखि भनेको छु कि म प्रिमियर लिग जित्न इच्छुक छु। सिटीले मात्र लामो समयसँग लिग जित्न सक्दैन।”

“गत साल पनि हाम्रो अवसर थियो। तर, सिटीले पनि राम्रो खेल्यो र हामी दोस्रो भयौं। सिटी त्यो जित पाउन योग्य थियो,” उनले भने।

लिभरपुलले पछिल्लो पटक सन् १९८९–९० मा १८ उपाधि जितेको थियो। त्यसबेला लिभरपुलका प्रशिक्षक केनी डग्लस थिए। गत साल पनि उसले ९७ अंक सबनाएको थियो जुन म्यान्चेस्टर सिटीभन्दा एक अंक थोरै हो।

एजेन्सी

प्रकाशित: Jun 25, 2020| 18:02 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।