शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • तनाव बढेपछि उत्तर र दक्षिण कोरियाले गरे ब्यालेस्टिक मिसाइल परीक्षण

तनाव बढेपछि उत्तर र दक्षिण कोरियाले गरे ब्यालेस्टिक मिसाइल परीक्षण

कोरियन पेनिनसुलामा तनाव बढिरहेको समयमा बुधबार दुबै उत्तर र दक्षिण कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेका छन्।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

सिओल- कोरियन पेनिनसुलामा तनाव बढिरहेको समयमा बुधबार दुबै उत्तर र दक्षिण कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेका छन्। 

National life

प्योङयाङले कोरियन पेनिनसुलामा पाँच मिनेटको अन्तरमा पहिलो पटक दुई वटा ब्यालेस्टिक मिसाइल पूर्वी तटतर्फ फायर गरेको थियो। पहिलो मिसाइल बुधबार दिउँसो १२:३८ मा पहिलो र दोस्रो १२:४३ मा प्रहार गरेको जापानी कोस्ट गार्डले जनाएका छन्। 

प्योङयाङले फायर गरेको करिब तीन घण्टापछि सिओलले नयाँ 'सबम्यारिन-लन्च ब्यालेस्टिक मिसाइल' (सीएलबीएम) फायर गरेको थियो। दक्षिण कोरियाली रक्षा मन्त्रालयले राष्ट्रपति मुन जाइ-इनको सहभागीतामा उक्त परीक्षण गरिएको जनाइएको छ। 

दक्षिण कोरियाले पछिल्लो समय आफ्नो हतियार क्षमता विस्तार गर्दै अमेरिकी निर्भरतालाई कम गरिरहेकोसमेत बताइएको छ। उत्तर कोरियाले मिसाइल कार्यक्रमलाई तीव्रता दिएसँगै दक्षिण कोरियाले पनि आफ्नो क्षमता विस्तार गर्दै गएको हो। 

गत मेमा दक्षिण कोरियाली राष्ट्रपति मुन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच ४० वर्ष लामो द्विपक्षीय सम्झौता अन्त्य गर्ने सहमति भएको थियो। 

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले दक्षिणको शत्रुतापूर्ण व्यवहार र अमेरिकी सिद्धान्तहरुलाई काउन्टर दिनका लागि ब्यालेस्टिम मिसाइल परीक्षण गरेको जनाएको छ। 

यस परीक्षणसँगै दक्षिण कोरिया विश्वको सातौं सैन्य शक्ति राष्ट्र बनेको रक्षा मन्त्रालयले जनाएको छ। अन्य मुलुकहरुसँग आणविक हतियारहरु भए पनि दक्षिण कोरियासँग त्यस्तो आणविक हतियार नभएकोसमेत जनाइएको छ। 

प्रकाशित: Sep 15, 2021| 17:58 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।