शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फुटसल सुचारु गर्न व्यवसायीको माग, सुरक्षा सतर्कता अपनाउने प्रतिवद्धता

फुटसल सुचारु गर्न व्यवसायीको माग, सुरक्षा सतर्कता अपनाउने प्रतिवद्धता

नेपाल फुटसल व्यवसायी संघले देशभरका फुटसल सञ्चालन गर्न माग गरेको छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

काठमाडौं– नेपाल फुटसल व्यवसायी संघले देशभरका फुटसल सञ्चालन गर्न माग गरेको छ। आज संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाउँदै फुटसल सञ्चालनको लागि अनुमति माग गरेको हो।

National life

संघले लकडाउनको अवधिभर नेपाल सरकारले खेल क्षेत्रलाई उपेक्षा गरेको आरोपसमेत लगाउँदै फुटसल सुरु गर्न माग गरेको हो। लामो समयसम्म पनि खेल सुरु नभएपछि संघमा आवद्ध सबै व्यवसायीलाई आर्थिक नोक्सानी भएको ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालभर निजी क्षेत्रबाट संचालनमा रहेका फुटसल मैदान विगत ३ महिनाबाट लगातारको लकडाउनका कारण बन्द रहेको हुँदा चरम आर्थिक संकटमा छ। फुटसल सुरु गर्ने विषयमा राज्यको कुनै पहल नदेखिएको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

कोरोनाको जोखिम कायमै रहेको अवस्थामा आवश्यक सावधानी अपनाएर खेल सञ्चालन गरिने पनि संघले जनाएको छ। ‘विश्वव्यापी रुपमा लकडाउन केही खुकुलो भएसँगै खेल क्षेत्रमा पनि सावधानी अपनाई खेल संचालन कार्यविधि निर्माण गरी संचालन गर्न हामी व्यवसायी पूर्ण प्रतिबद्ध छौं,’ ज्ञापनपत्रमा भनिएको छ।

संघले बिजुली, जग्गा, बैंकको व्याज, कर्मचारीको तलबजस्ता कुराको व्यवस्था गर्न नसकेको भन्दै फुटसल सुरु गर्ने माग गरेको छ । साथै कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न सावुन पानी, सेनिटाइजर, तापक्रम जाँच्ने, र व्यवस्थित बाथरुको व्यवस्थाको प्रबन्ध गर्न प्रतिबद्ध रहेको संघले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 25, 2020| 16:41 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।