सोमबार, असार २९, २०८३

लकडाउनमा खेल : चिन्ता म्याच फिक्सिङको

अहिले विश्व खेलकुदमा म्याच फिक्सिङको जोखिम उच्च रहेको जानकारहरुले बताएका छन्। आर्थिक समस्याका कारण खेलकुद क्षेत्रमा रहेको खेलविद्को तर्क छ।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

अहिले विश्व खेलकुदमा म्याच फिक्सिङको जोखिम उच्च रहेको जानकारहरुले बताएका छन्। आर्थिक समस्याका कारण खेलकुद क्षेत्रमा रहेको खेलविद्को तर्क छ।

महामारीको समयमा विश्व फुटबलको सर्वोच्च निकाय फिफा, युरोपियन फुटबल संघ युइएफए, विश्व रग्बी, फुटबल लिग, बेसबल, क्रिकेटलगायत खेल संघबाट म्याच फिक्सिङ हुनसक्ने खेलकुदको डाटा इन्टिग्रिटी सेवा प्रदान गर्ने कम्पनीका निर्देशक ओस्कार ब्रोड्कििनले बताएका छन्।

खेल व्यवसायको अनुसन्धान एवम् बौद्धिक सेवा दिने कम्पनीका निर्देशक ओस्कार ब्रोड्किनले केही म्याच फिक्चर्सहरुले यो समयको फाइदा लिएर खेलाडीलाई आफ्नो पक्षमा पार्ने बताएका छन्।

उनले भने, ‘महामारीमा संगठित असंगठित दुवैखाले अपराधीले लिगको खेललाई आफ्नो निशाना बनाउन सक्छन्। यो निशानाबाट प्रायः कम सम्पन्न मुलुकबाट आएका खेलाडी पर्न सक्छन्।’

उनले महामारीमा क्लबले खेलाडीको तलब घटाएका कारण पनि फिक्सिङको सम्भावना धेरै भएको बताएका छन्। ‘हामीलाई थाहा छ, तलब र म्याच फिक्सिङ धेरै नै सम्बन्धित छन्,’ भारतीय खेल नीति र कानुन केन्द्रको अनलाइन कार्यक्रममा उनले भने, ‘२०१३ को एक अध्ययनले पनि खेलाडीको तलब र म्याच फिक्सिङको सम्बन्ध देखाउँछ। यो स्पष्ट छ।’

‘खेलाडीलाई राम्रो तलब दिइएन भने उनीहरु आर्थिक कुरालाई लिएर हतास हुन्छन्। र, उनीहरु आफ्ना उद्यमीप्रति बफदार बन्दैनन्। जसको नतिजा म्याच फिक्सिङ पनि हुनसक्छ। उनीहरुले आफ्नो संघले नै हामीबारे सोचेको छैन भने हामी उनीहरुबारे किन सोच्ने ? भन्ने भावना पैदा हुन सक्छ,’ उनले थपे।

खेलाडीले समयमा तलब नपाउने कुरालाई इंगित गर्दै उनले खेलाडीको समस्यामा उनीहरुसँग सम्बन्धित सबैले थाहा पाएको बताएका छन्। साथै खेलाडीलाई आर्थिक अभाव अति भारी पर्ने पनि बताएका छन्।

एजेन्सी

प्रकाशित: Jun 25, 2020| 12:57 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।