शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अग्रता जोगाउन नसक्दा एटलान्टासँग हार्‍यो लाजियो, रोमाको संघर्षपूर्ण जित

अग्रता जोगाउन नसक्दा एटलान्टासँग हार्‍यो लाजियो, रोमाको संघर्षपूर्ण जित

जितका लागि रोबिन गोसेन्स, रुसियन मलिनोभ्स्की र जोस लुइस पलोमिनोले गोल गरे। उनीहरुले क्रमशः ३८, ६६ र ८० मिनेटमा गोल गरेपछि एटलान्टाको जित सुनिश्चित भयो।
 |  बिहीबार, असार ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ११, २०७७

एजेन्सी– सिरी ए मा अंक तालिकाको दोस्रो स्थानमा रहेको लाजियो चोथो स्थानको एटलान्टासँग पराजित भएको छ।

National life

एटलान्टाको घरेलु मैदानमा गए राति सम्पन्न खेलमा लाजियोले ३–२ गोल अन्तरले हार बेहोरेको हो।

जितका लागि रोबिन गोसेन्स, रुसियन मलिनोभ्स्की र जोस लुइस पलोमिनोले गोल गरे। उनीहरुले क्रमशः ३८, ६६ र ८० मिनेटमा गोल गरेपछि एटलान्टाको जित सुनिश्चित भयो।

यता खेलको पाँचौं मिनेटमै लाजियोले गोल कोसेली पायो। मार्टिन डे रोनले आत्मघाती गोल गरेपछि लाजियो सुरुमा एक गोलले अगाडि पर्यो। त्यसमाथी ११ औं मिनेटमा सर्जेज मिनिनोभ्स्कीले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए। तर उपाधिका लागि संघर्षरत क्लबले सो अग्रता ६६ औं मिनेटमा गुमाउन पुग्यो भने ८० औं मिनेटमा पछि पर्दै हारको सामना गर्यो।

हारका बाजुद लाजियो दोस्रो स्थानमा कायम छ। शीर्ष स्थानको युभेन्टसको ६६ अंक हुँदा लाजियोको ६२ अंक छ। यता विजेता बनेको एटलान्टाको ५४ अंक छ। एटलान्टा ५८ अंकका साथ तेस्रो स्थानमा रहेको इन्टर मिलानभन्दा ४ अंक पछि छ।

Laxmi sunrise bank
kumari

गएरातिको हारसँगै लाजियोलाई भने उपाधि यात्रामा बाधा पैदा भएको छ।

घरेलु मैदानमा रोमाको जित

रोमाले घरेलु मैदान ओलम्पिको रंगशालामा साम्प्दोरियाविरुद्ध २–१ गोलको संघर्षपूर्ण जित निकालेको छ। साम्प्दोरियाले सुरुवाती अग्रता जोगाउन नसेपछि रोमाले जित आफ्नो हातमा पारेको हो।

जितका लागि एडिन जेइकोले दुई गोल गरे। ११ औं मिनेटमा समम्प्दोरियाका मानोलोले गरेको गोललाई जेइकोले ६४ मिनेटमा बराबरी गरेका थिए। पेलेग्रिनीले दिएको पासलाई उनले गोल पोस्टमा छिराउँदै खेललाई बराबरीमा ल्याए भने ८५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै क्लबलाई जिताए।

जितसँगै रोमाको ४८ अंक छ। चौथो स्थानको एटलान्टा भन्दा ऊ ६ अंकले पछि छ। यता हारको समना गरेको साम्प्दोरियालाई रेलिगेसनको भय छ। ऊ २६ अंकका साथ १६ औं स्थानमा छ।

सिरी ए मा आज कुनै खेल छैनन्। शनिबारको खेलमा युभेन्टस – लिसे, ब्रेसकिय – जिनोआ, काग्लिरी – टोरिनो र लाजियो फियोरेन्टिना प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित: Jun 25, 2020| 08:57 बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।