सोमबार, जेठ १८, २०८३

प्रदेश १ मा तीन सांसदले गरे राज्यमन्त्री बन्न अस्वीकार

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। 

National life

अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दा एमालेका तीन सांसदले मन्त्री बन्न अस्वीकार गरेका छन्।

एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, सांसद विमल कार्की र निवर्तमान राज्यमन्त्री राजकुमार ओझाले मन्त्री पद अस्वीकार गरेका हुन्। उनीहरु तीनै जनालाई मुख्यमन्त्री आचार्यले राज्यमन्त्रीको प्रस्ताव गरेका थिए। श्रोतका अनुसार राज्यमन्त्रीको प्रस्ताव गरेकाले उनीहरुले अस्वीकार गरेका हुन्। 

पूर्व राज्यमन्त्री ओझाले ३ हप्ते सरकारको राज्यमन्त्री बन्न अस्वीकार गरेको बताएका छन्। मुख्यमन्त्री आचार्यले बुधबार साँझ २ मन्त्री र ३ राज्यमन्त्रीलाई सपथ गराउने तयारी गरेका छन्। 

यसैबीच मन्त्रिपरिषदको बुधबार बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ। सो बैठकको सुरुवातमै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ।

Shivam cement

प्रकाशित: Sep 15, 2021| 17:12 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।