पोखरा- पन्ध्र वर्ष बेलायती गोर्खा सैनिकमा सेवा गरेका कास्कीको अन्नपूर्ण गाउँपालिका–८ का चामबहादुर पुनलाई नपुग्दो केही छैन। विश्वकै सुविधासम्पन्न मानिने लन्डन सहरमा परिवारसँगको बसाइँ छाडेर ६६ वर्षका चामबहादुरले पछिल्लो एक दशक आफ्नै जन्मथलोको विकासमा खर्च गरेका छन्। उनको अगुवाइमा गाउँपालिकाको काफलडाँडामा समुदायस्तरबाट दुई करोड ५० लाख सहयोग जुटाएर पुन समुदायको कूलदेवता ‘करबाकेली’को थान, पूजास्थल, सामुदायिक लज, पदमार्ग र सङ्ग्रहालय निर्माण गरिएको छ।
'लाहुरे बनेर आफ्नो आर्थिक अवस्था सुधारे पनि गाउँमा गरिबी घटाउने र विकासको भोक मेटाउने चिन्ताले सताइरहन्थ्यो', चामबहादुरले भने, 'मैले समय मिलाए, परिवार र समाजको साथले करबाकेलीको कायापलट गर्न सम्भव भएको हो।' दशकअघिसम्म बाँझिएको डाँडाको पाखामा पूर्वाधार बनाएर त्यसैलाई केन्द्रित गरी ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरेपछि करबाकेली यहाँको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यस्थल बनेको छ। बेलायती गोर्खा सैनिकका सेवानिवृत्त मेजर ७८ वर्षीय चन्द्रबहादुरको परिचय यतिमै सीमित छैन्। सेवानिवृत समय र पेन्सनबापत पाउने सुविधाले जन्मथलोको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सघाएका चन्द्रबहादुरलाई अन्नपूर्ण–७ टिकोटका बासिन्दा समाजसेवीको रुपमा चिन्छन्।
'चन्द्रबहादुरले टिकोटको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि आर्थिक मात्र नभएर श्रम र समय दिएर हामीलाई प्रोत्साहन गरिरहनुभएको छु, टिकोट माविका प्रधानाध्यापक ठगराज पुनले भने, 'उहाँको योगदान टिकोटवासीका लागि अविस्मरणीय छ।' पन्ध्र वर्षको उमेरमा बेलायतको गोर्खा सैनिकमा भर्ती भएका उनले टिकोटको विकास र पोखरामा रहेका विभिन्न संघसंस्थालाई करिब ७५ लाख नगद सहयोग गरेका छन्। टिकोट माविलाई दुई लाख सहयोग गरेका चन्द्रबहादुरले नयाँ भवन निर्माणका लागि थप १८ लाख उपलब्ध गराएका छन्।
महभीर टिकोट सडक निर्माणका लागि तीन लाख उपलब्ध गराएर पोखरामा आर्थिक सङ्कलन सुरु गरेका उनले अरुलाई प्रोत्साहनका साथै आर्थिक स्रोत जुटाउने अभियानको अगुवाइ गरेका छन्। टिकोटमा बास्केटबलको पक्की खेलमैदान निर्माण गर्न ५५ हजार सहयोग गरेका चन्द्रबहादुरले करिब एक महिना श्रमदान गरेका थिए।
'सङ्कटकालमा गाउँमा बसेर ज्यान जोगाउनै मुस्किल भएको अवस्थामा मलाई गाउँलेले एकपछि अर्को गर्दै जिम्मेवारी दिँदै गए', पाइजाले भने, 'सबै सहयात्री सहरबजार र युके बसे तर म गाउँको काम गर्न छाडिनँ।'
उनका दाजुभाइ र परिवारले २१ लाखको अक्षयकोष बनाएर टिकोटमा सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्न दुई जना कर्मचारीको तलब र औषधि खरिदमा सघाएका छन्। वार्षिक १५ लाख पेन्सन पाउने चन्द्रबहादुर आफ्नो जन्मगाउँ टिकोटका साथै पोखराका सामाजिक संघसंस्थालाई सामाजिक कामका लागि ७५ लाख सहयोग गरिसकेको बताए।
अन्नपूर्ण–५ स्वाँतका ७२ वर्षीय बागवीर पाइजा १७ वर्ष गोर्खा सैनिक र नौ वर्ष ब्रुनाइमा काम गरेर २०५८ मा जन्मथलो फर्कंदा नेपालमा सशस्त्रद्वन्द्व उत्कर्षमा थियो। तत्कालीन स्थानीय निकायका जनप्रतिनिधिको पदावधि सकिएको थियो। धन, पैसा हुने सहरमा बसाइँसराइ गर्ने क्रम बढेको थियो। 'सङ्कटकालमा गाउँमा बसेर ज्यान जोगाउनै मुस्किल भएको अवस्थामा मलाई गाउँलेले एकपछि अर्को गर्दै जिम्मेवारी दिँदै गए', पाइजाले भने, 'सबै सहयात्री सहरबजार र युके बसे तर म गाउँको काम गर्न छाडिनँ।'
जनप्रतिनिधि नभएको अवस्थामा उनले गाउँलेलाई अभिभावकत्व प्रदान गरेर शिखमा धेरै विकास गतिविधि भए। बागवीर अघि सरेपछि स्थानीय, पोखरा, काठमाडौँ, चितवनलगायत सहर, बेलायत, हङकङ, अमेरीकादेखि खाडी मुलुकमा रहेका शिखवासीले साथ दिन थाले। पोखरामा महायज्ञ आयोजना गरेर शिख माविमा कक्षा १२ को पठनपाठन सञ्चालन सुरु गरेका छन्। पोखरेबगरदेखि घार शिख, चित्रे पुगेको कच्ची सडक निर्माणमा शिखका तर्फबाट बागवीरले नेतृत्व गरे। बाह्र वर्षसम्म शिख माविको व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका पाइजाले विभिन्न दाताबाट सहयोग जुटाएर कम्प्युटर कक्षा सञ्चालन, इन्टरनेट जडान, छात्रावास सञ्चालन गराएका छन्।
विद्यालय चलाउन बयली र डाडखर्कमा सामुदायिक लज सञ्चालन भयो। ती स्थानलाई पर्यटकीय पदमार्गमा समावेश गरिएको छ। सामाजिक अभियानकर्मी महावीर पुनसँग सहकार्य गरेर भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा रहेका सामुदायिक लजमा विद्युत् सुविधा पुर्याउन दुई करोड ५० लाख जुटाएर ५० किलोवाट क्षमताको घोस्केखोर लघुजलविद्युत् परियोजना निर्माण गरिएको छ। पाँच वर्ष शिख स्वास्थ्य चौकीको व्यवस्थापन समितिको अध्यक्ष र स्थानीय तहको चुनाव नहुँदासम्म तत्कालीन शिख गाविसको राजनितिक संयन्त्रमा माओवादीका तर्फबाट प्रतिनिधित्व गरेका पाइजा एक वर्षयता बेलायतमा छन्।
अन्नपूर्ण–५ पाउद्वारका ७० वर्षीय राजु पुन बेलायती गोर्खा सैनिकबाट सेवा निवृत्त भएपछिको एक दशकयताको समय त्यहाँको धार्मिक पर्यटकीय स्थल खयरभारानीको पूर्वाधार विकास, प्रचार र तीर्थालुको सेवामा सर्मपित हुँदै आएका छन्। बाइस वर्ष सेवा गरेपछि बेलायती गोर्खा सैनिकबाट सेवा निवृत्त ७० वर्षीय लेफ्टिनेन्ट उनी २०६८ देखि भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने ओझेलमा परेको खयर भारानी क्षेत्रको विकासमा सर्मपित छन्।
राजुको नेतृत्वमा 'खयर भारानी थान तथा क्षेत्र संरक्षण कोष' मार्फत दाताबाट करोडौं सहयोग जुटाएर पदमार्ग निर्माण(सुधार, मन्दिर ९थान० र धर्मशाला निर्माण गरिएको छ। म्याग्दीकै पर्यटकीयस्थल पुनहिलमा मेजर टेकबहादुर पुनको स्मृतिमा ‘भ्यु टावर’ बनाउने कामको नेतृत्व गरेका राजुको अगुवाइमा खयर क्षेत्रमा निर्माण गरिएका पूर्वाधारले पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ।
राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा भूपू सैनिकको नेतृत्व रहेको छ। बुढ्यौली लाग्दासम्म सामाजिक सेवामा क्रियाशील भूपू सैनिकहरुले गाउँको आर्थिक–सामाजिक व्यवस्थालाई चलायमान बनाएका छन्।
स्थानीयवासीले आफन्तका नाममा पाउद्वारदेखि खोपारा हुँदै चार हजार ७०० मिटर उचाइमा रहेको खयर भारानी ताल जाने दश किलोमिटरभन्दा बढी दुरीको पदमार्ग र चौतारी बनाएका छन्। कोषले स्वदेश तथा विदेशमा सहयोग जुटाएर खोपारा र खयर क्षेत्रको पूर्वाधार विकासमा एक करोड ५० लाखको हाराहारीमा लगानी गरेको छ।
युवा पलायनले रि एका गाउँको नेतृत्व जीवनको उर्वरकाल विदेशी भूमिमा रगत र पसिना बगाएर फर्केका भारतीय ताथ बेलायती गोर्खा सैनिकका भूपूहरूले सम्हालेका छन्। राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा भूपू सैनिकको नेतृत्व रहेको छ। बुढ्यौली लाग्दासम्म सामाजिक सेवामा क्रियाशील भूपू सैनिकहरुले गाउँको आर्थिक–सामाजिक व्यवस्थालाई चलायमान बनाएका छन्।
गाउँमा भूपूहरूको सक्रियता आशालाग्दो भएको सो गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। 'मगर बाहुल्य बसोबास रहेको म्याग्दीमा भारतीय, बेलायती सैनिक र सिङ्गापुर प्रहरीका धेरै परिवार रहेका छन्', भारतीय सेनाका सेवानिवृत्त क्याप्टेन समेत रहेका उनले भने, 'बसाइँसराइ, विदेश पलायन, सुख–ऐश्वर्यको खोजी जस्ता कारणले सुनसान बन्दै गएको गाउँलाई भूपूहरूले प्राण भरेका छन्।'
पहिलो जस्तो गाउँमै आएर गल्लाले खोजी खोजी भर्ना नगरे पनि म्याग्दीका सबैजसो गाउँका युवा भारतीय तथा बेलायती सेनामा कार्यरत छन्। प्रत्येक जसो बस्तीमा सेवा निवृत्त भूपू सैनिक छन्। हबल्दार, सुवेदार, क्याप्टेनसम्मको पद हासिल गरेर फर्केका भूपू सैनिकले अहिले गाउँका सामाजिक संघसंस्था हाँकेका, राजनीतिक दलको नेतृत्व गरेका र उपभोक्ता समितिमा रहेर काम गरेका छन्। सन्तोष गौतम/ रासस