बिहीबार, भदौ ४, २०८३

इटहरीबाट लागूऔषधसहित दुई जना पक्राउ

सुनसरीको इटहरीबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

सुनसरी- सुनसरीको इटहरीबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इटहरी ४ मिलन चौकबाट चेकजाँच गर्ने क्रममा दुई जनालाई १३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

पक्राउ पर्नेमा भाप गौरीगंज गाउँपालिका २ बस्‍ने २७ वर्षीय आइतबारी हस्दा र भारतको विहार राज्य बस्दै आएका २२ वर्षीय सुरज शाह रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई २७ गते पक्राउ गरे पनि बुधबार सार्वजनिक गरिएको हो। दुई जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ। -न्युजकारखाना

प्रकाशित: Sep 15, 2021| 12:02 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।