शनिबार, चैत ७, २०८२

आर्सनलको लगातार दोस्रो हार

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल)मा आर्सनलले लगातार दोस्रो हार बेहोरेको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल)मा आर्सनलले लगातार दोस्रो हार बेहोरेको छ।

National life

कोरोनाको महामारीपछि मैदान फर्किएपछिको पहिलो खेलमा म्यान्चेस्टर सिटीसँग हारेको आर्सनल गएरातिको खेलमा ब्राइटोनसँग २–१ गोलले पराजित भएको हो।

ब्राइटोनको जितका लागि लेविर डंक र नेय मौपयले गोल गरे। पहिलो हाफमा दुवै क्लबले गोल गर्न नसकेपछि गोलरहित बाराबरीमा रोकिएको थियो। सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

निकोलल पेपेले ६८औं मिनेटमा गोल गर्दै आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। तर सो अग्रता जोगाउन सकेन। खेलको ७५ औं मिनेटमा डंक र इन्ज्युरी समयमा मौपयले गोल गरे।

जितसँगै ब्राइटोन ३२ अंकका साथ १५ औं स्थानमा छ भने आर्सनल ४० अंकका साथ दशौं स्थानमा कायम छ।

Laxmi sunrise bank
kumari

गएराति नै भएको अर्को खेलमा वुल्भ्सले वेस्ट हामलाई उसकै मैदानमा २–०को गोल अन्तरले हराएको छ। वुल्भ्सका लागि राउल जेमिनिच र पेद्रो नेतोले गोल गरे।

त्यस्तै बर्नेमाउथ आफ्नै मैदानमा क्रिस्टल प्यालेससँग २–० गोल अन्तरले पराजित भएको छ।

ईपीएलमा आजका खेलः
न्युकास्टल र सेफिल्ड युनाइटेड, पौने ९ बजे
एस्टोन भिल्ला र चेल्सी, राति ९ बजे
एभर्टोन र लिभरपुल, राति पौने १२ बजे

प्रकाशित: Jun 21, 2020| 08:48 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।