शनिबार, चैत ७, २०८२

हाल्यान्ड चम्किँदा डर्टमुन्डको जित

एजेन्सी– जर्मन बुन्डेसलिगा अन्तर्गत हिजो (शनिवार) साँझ सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले लाइप्जिकमाथि सहज जित निकालेको छ। लाइप्जिकको मैदान रेडबुल एरिनामा सम्पन्न खेलमा पाहुना टोलीले घरेलु टोलीलाई २–० गोल अन्तरले हराएको हो।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

एजेन्सी– जर्मन बुन्डेसलिगा अन्तर्गत हिजो (शनिवार) साँझ सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले लाइप्जिकमाथि सहज जित निकालेको छ। लाइप्जिकको मैदान रेडबुल एरिनामा सम्पन्न खेलमा पाहुना टोलीले घरेलु टोलीलाई २–० गोल अन्तरले हराएको हो।

National life

जितका लागि एर्लिङ हल्यान्डले दुई गोल गरे। हाल्यान्डले खेलको ३० औं मिनेटमा गरेको गोलसँगै डर्टमुन्डले सुरुवाती अग्रता बनाएको थियो। एक गोलेका अग्रतामा पहिलो हाफ सकियो।

दोस्रो हाफमा पनि हाल्यान्डले नै गोल गरे। खेलको इन्ज्युरी समयमा उनले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। २ गोलको अग्रतासँगै डर्टमुन्डले जित आफ्नो हातमा पार्यो।

जितसँगै लिगमा ६९ अंक जोडिसकेको डर्टमुन्ड लिगको दोस्रो स्थानमा छ। दोस्रो स्थानमा भए तापनि उपाधि होडबाट बाहिरिसकेको छ। बायर्न म्युनिख २ खेल अगावै लिग विजेता भएपछि डर्टमुन्ड उपाधि होडबाट बाहिरिएको हो।

आज साँझ सम्पन्न अन्य खेलमा कोल्न र फ्रान्कफ्रुटले एकएक गोलको बराबरी खेलेका छन्। त्यस्तै साल्केलाई वुभ्सबर्गलाई ४–१ गोलले हराउँदा युनियन बर्लिनलाई होफिनहाइमले ४–० गोल अन्तरले हराएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 21, 2020| 08:00 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।