सोमबार, असार २९, २०८३

ला लिगामा एट्लेटिको मड्रिडको संघर्षपूर्ण जित

एजेन्सी– ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले भाल्डोइडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

एजेन्सी– ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले भाल्डोइडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।

एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मोट्रोपोलिटियानो रंगशालामा सम्पन्न खेलमा पाहुना टोली १–० गोल अन्तरले पराजय भएको हो।

जितका लागि भिटोलोले खेलको ८१ औं मिनेटमा गोल गरे। उनको गोल नै निर्णायक गोल बन्यो। यो जितका साथ एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लिएको छ। समान ५२ अंक रहेकोे सेभियालाई पछि पार्दै ऊ तेस्रो स्थानमा उक्लिएको हो।

हारको समाना गरेको भाल्डोइड ३३ अंकका साथ १५ औं स्थानमा कायम छ।

ला लिगमा गएरति नै सम्पन्न अर्को खेलमा एस्पानोयलकै मैदानमा लेभान्टेले घरेलु टोलीलाई ३–१ गोल हराएको छ। लेभान्टेका बोर्जा मायोरल र उन्सी बार्धीले एकएक गोल गरे भने एक गोल उपहारमा मा पाएका थिए।

एस्पानोयलमा पेद्रोसाले आफ्नै पोस्टमा गोल गरेपछि उस्पोनायलको खातामा तीन गोल जम्मा भयो। जितसँगै लेभान्टेको ३८ अंक छ। ऊ लिग तालिकाको ११ औं स्थानमा छ। यता एस्पोनायल भने पुछारमा छ।

अन्य खेलमा एथ्लेटिक क्लबले रियल बेटिससँग १ – ०को संघर्षपूर्ण जित निकालेको छ भने गेटाफे र आइबरले एक–एक गोलको बराबरी खेलेका छन्।

ला लिगामा आजका खेल

सेल्टा भिगो र अल्वेस, साँझ पौने ६ बजे
भ्लेन्सिया र ओसासुना, राति सवा ११ बजे
रियल सोसिडाड र रियल मड्रिड, राति पौने २ बजे

प्रकाशित: Jun 21, 2020| 07:52 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।