सोमबार, असार २९, २०८३

इङ्ल्याण्ड भ्रमणमा जाने पाकिस्तानी टोलीमा शोएब पनि

पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शोएब मलिक इङ्ग्ल्यान्डको भ्रमणमा सहभागी बन्ने भएका छन्।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

एजेन्सी- पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शोएब मलिक इङ्ग्ल्यान्डको भ्रमणमा सहभागी बन्ने भएका छन्। परिवारसँग समय विताइरहेका कारण शोएब ५ महिनायता क्रिकेटमा देखिएका थिएनन्।

पाकिस्तानका पूर्व कप्तानसमेत रहेका ३८ वर्षे शोएबले टेस्ट क्रिकेट र एक दिवसीय खेलबाट यसअघि नै संन्यास लिइसकेका छन्।

उनले सन् २०१९ को विश्वकपबाट एक दिवसीय खेलमा संन्यास घोषणा गरेका थिए। त्यस्तै सन् २०१५ को नोभेम्बर ३ मा टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेका थिए।

आउँदो महिनामा पाकिस्तानले इङ्ग्ल्यान्डसँग तीन टेस्ट र ती टी–२० शृंखला खेल्दै छ। इङ्ग्ल्यान्डले आउँदो महिनाको सुरुवा वेस्ट इन्डिजसँगका खेलपछि संक्रमण मुक्त मैदानमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।

सदस्सीय पाकिस्तानी टोली २८ जुनमा म्यान्चेस्टर तर्फ जाने छ। उनीहरुले म्यान्चेस्टरमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।

तर पकिस्तानी क्रिकेट बोर्ड र इङ्ग्ल्यान्ड क्रिकेट बोर्डको आपसी सल्लाहमा शोएबले जुलाई २४ मा टिम जोइन गर्नेछन्।

तीन टी–२० खेल २९ अगस्टबाट २ सेप्टेम्बरसम्म हुने छ।

मशार्फी मोर्तजालाई कोरोना संक्रमण

बंगलादेशका क्रिकेट खेलाडी मशार्फी मोर्तजालाई कोरोना पोजेटिभ देखिएको छ। बंगलादेशको राजधानी ढाकामा रहेका उनलाई कोरोना संक्रमण देखिएको हो।

उनी महामारीको समयमा सामाजिक सहयोगमा जुटेका थिए।
कोरोनाबाट अहिलेसम्म बंगलादेशमा एक लाख मानिस संक्रमित भइसहेका छन्।

प्रकाशित: Jun 20, 2020| 17:21 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।