सोमबार, असार २९, २०८३

रियल मड्रिडले सबै खेल जित्न असम्भव : सेटिएन

एजेन्सी– बार्सिलोनाले सेभियासँग गोलरहित बराबरी खेलेसँगै उसको उपाधि होडमा धक्का लागेको छ। स्पेनिस ला लिगाको गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेभियासँग उसकै मैदानमा बराबरी खेलेको थियो।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

एजेन्सी– बार्सिलोनाले सेभियासँग गोलरहित बराबरी खेलेसँगै उसको उपाधि होडमा धक्का लागेको छ। स्पेनिस ला लिगाको गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेभियासँग उसकै मैदानमा बराबरी खेलेको थियो।

क्याटालान क्लबको बराबरीसँगै यो हप्तान्तमा अर्को लिग दावेदार रियल मड्रिडले शीर्ष स्थानमा आउने मौका पाएको छ।

गएरातिको हारलाई लिएर बार्सिलोनाका सेन्ट्रल ब्याक खेलाडी गेरार्ड पिकले नकारात्मक टिप्पणी गरे। उनले गएरातिको हारका कारण बार्सिलोनाको उपाधिमा धक्का लाग्न सक्ने बताए।

तर बार्सिलोनाका प्रशिक्षक लिगलाई लिएर आशावादी देखिएका छन्। सेटिएन बार्सिलोनाले लिग जित्नेमा आशावादी भएको बताउँछन्। पिकको प्रतिक्रियाबारे सेटिएनले भने, ‘खेलको नतिजालाई लिएर त्यो पिकको फ्रस्टेसन मात्र हो। किनभने हामीले पहिलो हाफमा धेरै राम्रो खेलेका थियौँ।’

‘सायद अहिलेको हाम्रो भावना सकरात्मक नहुन सक्छ। उनले भोलि यसबारे पुनर्विचार गर्नेछन्। र, सकरात्मक धारणा बनाउने छन्,’ सेटिएनले भने।

सेटिएनले रियल मड्रिड यो हप्तान्तमा अघि आए पनि सबै खेल जित्न नसक्ने पनि बताएका छन्। ‘मलाई लाग्दैन कि रियलले बाँकी सबै खेल जित्नसक्छ,’ उनले भने, ‘सत्यता यो हो कि, अब हाम्रो खेलमा मात्र उपाधि छैन, यो नतिजा परिवर्तन पनि हुनसक्छ।’

सेटिएनले कुनै पनि टिमले सबै खेल जित्न सजिलो नभएको पनि बताएका छन्। ‘तर मेरो मतलब सभियासँगको खेलमा एक अंक पाउनु सन्तोषजनक छ भन्ने चाहिँ होइन,’ उनले थपे।

प्रकाशित: Jun 20, 2020| 15:54 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।