सोमबार, असार २९, २०८३

टोटेनहम र युनाइटेड बराबरीमा रोकिए

एजेन्सी– इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपुर म्यान्चेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ। टोटेनहम हट्सपुर मैदानमा सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन्।
 |  शनिबार, असार ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार ६, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपुर म्यान्चेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ। टोटेनहम हट्सपुर मैदानमा सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन्।

पहिलो हाफको २७ औं मिनेटमा स्टिभ ब्रेज्गिज्नले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा घरेलु टिमले गोल गर्न सकेन। ८१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै पाहुना टिमका ब्रुनो फर्नान्डेसले गोल गरे। फर्नान्डेसको गोलसँगै खेल बराबरीमा आयो।

बराबरीसँगै दुवै क्लबले अंक बाँडेका छन्। पाचौं स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडसँग ४६ अंक छ भने आठौं स्थानको टोटेनहमको ४२ अंक रहेको छ।

घरेलु मैदानमा नर्विच सिटिको पराजय

गएरातिकै अर्को खेलमा नर्विच सिटीले सागथह्याम्टनसँग पराजय भोगेको छ। नर्विचकै मैदान क्यारो रोडमा सम्पन्न खेलमा पाहुना टोलीले ३–० गोलअन्तरले विजय भएको हो।

साउथह्याम्टनका लागि डेनी इन्गस, स्टुअर्ट आर्मस्ट्रङ र नाथन रेडमन्डले गोल गरे। उनीहरुले क्रमशः ४९, ५४ र ७९ औं मिनेटमा गोल गरेका थिए।

जितसँगै साउथह्याम्टनले ३७ अंक बनाएको छ भने नर्विच सिटीको २१ अंक छ। सिटी अंक तालिकाको पुछारमा छ।

ईपीएलमा आजका खेल
वाटफोर्ड र लेस्टर सिटी, साँझ सवा ५ बजे
ब्राइटोन र आर्सनल, राति पौने ८ बजे
वेस्टहाम र वुल्भ्स, राति सवा १० बजे
बर्नमाउथ र क्रिस्टल प्यालेस, राति साढे १२ बजे

प्रकाशित: Jun 20, 2020| 07:29 शनिबार, असार ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।