सोमबार, असार २९, २०८३

भ्यालेन्सियाविरुद्ध रियलको सहज जित

एजेन्सी– स्पोनिस क्लब रियल मड्रिडले ला लिगा अन्तर्गगत गएराति सम्पन्न खेलमा भ्यालेन्सियालाई ३–० गोल अन्तरले हराएको छ। रियलको युवा खेलाडीको मैदान अन्फ्रेदो दि स्टेफानोमा सम्पन्न खेलमा घरेलु टिमले सहज जित निकालेको हो।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

एजेन्सी– स्पोनिस क्लब रियल मड्रिडले ला लिगा अन्तर्गगत गएराति सम्पन्न खेलमा भ्यालेन्सियालाई ३–० गोल अन्तरले हराएको छ। रियलको युवा खेलाडीको मैदान अन्फ्रेदो दि स्टेफानोमा सम्पन्न खेलमा घरेलु टिमले सहज जित निकालेको हो।

जितका लागि करिम बेञ्जेमाले दुई गोल गरे भने मार्को एसेन्सियोले एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। इडेन हजार्डको पास सदुपायोग गर्दै बेञ्जेमाले खेलको ६१ औं मिनेटमा रियललाई सुरुवाती अग्रता दिलाए। त्यस्तै फरल्यान्ड मेन्डिको पासमा एसेन्सियोले ७४ औं मिनेटमा गोल गरे।

८६ औं मिनेटमा एसेन्सियोले पास गरेको बललाई बेञ्जामेले गोलमा परिणत गरेपछि रियलको जित तीन गोलमा लम्बिएको थियो।

यता निर्धारित समयभन्दा एक मिनेटअघि भ्यालेन्सियाका लि काङ इनले रियलका कप्तान सर्जियो रामोसमाथि फाउल गरेपछि उनी रातो कार्ड खाँदै खेलबाट बाहिरिएका थिए। पराजयसँगै भ्यालेन्सिया लिगको आठौं स्थानमा कायम छ। उसको ४३ अंक छ।

जितसँगै रियलको अंक तालिका सुधार भएको छ। शीर्ष स्थानको बार्सिलोनाभन्दा २ अंकले पछि रहेको रियलको ६२ अंक छ।

गएरातिकै अर्को खेलमा अल्वेसले रियल सोसिडाडलाई २–० गोलअन्तरले हराएको छ। अल्वेसको मैदानमा सम्पन्न खेलमा वोर्जा सान्ज र मार्टिन अगुरिगाबिराले गोल गरे।

घरेलु टिमका थोमस पिन ८७ औं मिनेटमा र पाहुना टोलीका जोसेबा जल्दुवा ८१ औं रातो कार्ड खाँदै बाहिरिएका थिए। जितसँगै अल्वेसले तीन स्थान सुधार गरेको छ। ऊ १५ औं स्थानबाट ३५ अंक बनाउँदै १२ औं स्थानमा उक्लिएको हो।

रियस सोसिडाड ४७ अंकका साथ छैटौं स्थानमा कायम छ।

आजको खेल
मार्योकाविरुद्ध लेगानेस, राति सवा ११ बजे
ग्रानाडाविरुद्ध भिल्लारियल, राति सवा ११ बजे
सेभिल्लविरुद्ध बार्सिलोना, राति पौने २ बजे

प्रकाशित: Jun 19, 2020| 08:28 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।