बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशका केही स्थानमा मनसुन सक्रिय, आज कहाँ-कहाँ पर्छ पानी?

देशका केही स्थानमा मनसुन सक्रिय, आज कहाँ-कहाँ पर्छ पानी?

बुधबार बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं- बुधबार बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ। भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको महाशाखाको भनाइ छ। आज दिउँसो पनि बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

राति लुम्बिनीका धेरै स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानका पहाडी  भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु महाशाखाको आग्रह छ।

प्रकाशित: Sep 15, 2021| 06:48 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।