बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तान : एक महिनामा १५३ मिडियामा प्रतिबन्ध, त्रासमा महिला पत्रकार

अफगानिस्तान : एक महिनामा १५३ मिडियामा प्रतिबन्ध, त्रासमा महिला पत्रकार

तालिबानले सत्ता सम्हालेपछि पनि पटक-पटक दोहोर्‍याउने अभिव्यक्ति हो- 'अफगानिस्तानमा प्रेस स्वतन्तता'। तर, वास्तविकता भने फरक छ।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काबुल- अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि करिब १५३ मिडियामाथि प्रतिबन्ध लगाइएको जनाइएको छ। अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेको दुई दिनपछि पत्रकार सम्मेलन गर्दै तालिबानले सत्ता कब्जा गरेको घोषणा गरेको थियो।

National life

उक्त पत्रकार सम्मेलनका क्रममा तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भनेका थिए, 'मिडियाहरु निष्पक्ष हुनुपर्छ। मिडियाका लागि निष्पक्षता निकै महत्वपूर्ण छ। उनीहरुले हाम्रा गलत कामको आलोचना गर्न सक्छन्, जसका कारण हामी सुध्रिन सक्छौं।'

तालिबानले सत्ता सम्हालेपछि पनि पटक-पटक दोहोर्‍याउने अभिव्यक्ति हो- 'अफगानिस्तानमा प्रेस स्वतन्तता'। तर, वास्तविकता भने फरक छ। 

एक स्थानीय निगरानी समूहले गरेको अध्ययन अनुसार अगस्तको मध्यदेखि यता एक महिनाको अवधिमा अफगानिस्तानका विभिन्‍न २० प्रान्तबाट सञ्‍चालनमा रहेका करिब १५३ वटा मिडियाहरुलाई बन्द गराइएको छ। 

त्यसैगरि तालिबानले पत्रकारमाथि पनि दुर्व्यवहार गर्ने, यातना दिने, कुटपिट गर्ने गरेका छन्। पत्रकारहरुका उपकरण जफत गर्ने, पत्रकारलाई पक्राउ गर्ने र भौतिक आक्रमण गर्ने काम भइरहेका छन्, त्यो पनि राजधानी काबुलमा नै।

Laxmi sunrise bank
kumari

पत्रकारमाथि भइरहेको आक्रमणले अन्तर्राष्ट्रिय संघसंस्थाहरुकोसमेत ध्यानाकर्षण भएको छ। गत साता काबुलमा भइरहेको विरोध प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा पत्रकारलाई पक्राउ गरि कुटपिट गरिएको थियो। उक्त घटनाको निन्दा गर्दै संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चायुक्तले एक विज्ञप्ति जारी गर्दै पत्रकारमाथि बल प्रयोग गर्ने काम तत्काल बन्द गर्न र शान्तिपूर्वक विरोध सभा गर्न तथा पत्रकारहरुलाई उक्त प्रदर्शनहरुको रिपोर्टिङमा कुनै बाधा नपुर्‍याउन तालिबालाई आग्रह गरेको थियो। 

ह्युमन राइट वाचले पनि पत्रकारहरुमाथि गरेको आक्रमणको निन्दा गरेको छ। 

त्रासमा महिला पत्रकार 

अफगानिस्तानमा रहेका महिला पत्रकारहरु थप त्रासमा रहेका छन्। पछिल्लो तीन सातामा तालिबानले महिला पत्रकारहरुलाई घरबाहिर ननिस्किनका लागि धम्कीसहितको म्यासेज आउने गरेको छ। 

अगस्त १५ मा काबुल विश्वविद्यालयबारे रिपोर्टिङ गरेकी भ्वाइस अफ अमेरिकाकी पत्रकार मरजाना सादतले भनिन्, 'तालिबानहरुले मलाई घरभित्रै बस्‍नका लागि म्यासेजहरु पठाउने गरेका छन्।

तालिबानी धम्कीका बीच पनि महिलाहरुले राजधानी काबुलमा विरोध प्रदर्शन जारी राखेका छन्। यसअघि तालिबानले एक गर्भवती महिला प्रहरीको हत्या गरेपछि उक्त त्रास झन बढेको छ। 

महिला पत्रकारहरुलाई पटक-पटक आफ्नो निर्देशनको पालना गर्नका लागि म्यासेज आउने गरेको बताइरहेका छन्। - अलजजिरा

प्रकाशित: Sep 14, 2021| 21:13 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।