बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ डा. पन्तलाई

प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ डा. पन्तलाई

प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ईश्वरीलाल श्रेष्ठ पुरस्कार यस वर्षका लागि नेपालको वाणिज्य शिक्षाको उन्‍नयनमा योगदान पुर्‍याउने व्यवस्थापन संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्तलाई एक कार्यक्रमका बीच प्रदान गरिएको हो।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं- प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ प्राध्यापक डाक्टर प्रेमराज पन्तलाई प्रदान गरिएको छ । प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ईश्वरीलाल श्रेष्ठ पुरस्कार यस वर्षका लागि नेपालको वाणिज्य शिक्षाको उन्‍नयनमा योगदान पुर्‍याउने व्यवस्थापन संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्तलाई एक कार्यक्रमका बीच प्रदान गरिएको हो।

नेपालमा २०११ साल भदौ १७ गते वाणिज्य शिक्षाको आईकम तहको पठनपाठन सुरु भएकोमा हरेक वर्ष भदौ १७ गते वाणिज्य दिवस मनाउने गरिएको छ। 

वाणिज्य शिक्षाका संस्थापक प्राध्यापक ईश्वरीलाल श्रेष्ठको स्मृतिमा प्रतिष्ठानले यस वर्षको ६८ औँ वाणिज्य दिवसको दिन घोषणा गरिएको पुरस्कार मंगलबार औपचारिक कार्यक्रममा वितरण गरिएको प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका महासचिव प्राध्यापक प्रकाशमान प्रधानले जानकारी दिए।

सम्मान कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले प्राध्यापक ईश्वरीलाल श्रेष्ठले वाणिज्य शिक्षाको स्थापना र विकासमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए। 

प्रकाशित: Sep 14, 2021| 19:03 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।