बिहीबार, भदौ ४, २०८३

बालगृहमा रहेका बालबालिकाबीच वक्तृत्वकला

प्रदेश १ का बालगृहमा रहेका बालबालिकाबीच प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाइ र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा बालगृहका बालबालिकाको सहभागिता रहेको थियो।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

विराटनगर- प्रदेश १ का बालगृहमा रहेका बालबालिकाबीच प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण : बालबालिकाको भोगाइ र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा बालगृहका बालबालिकाको सहभागिता रहेको थियो।

 प्रतियोगितामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम भएकी छन्। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्। प्रतियोगितामा महिला विकास तथा बालबालिका चेतना केन्द्र (नमूना बालगृह) उर्लाबारीकी आस्था परियार द्वितिय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृतीय र तारा नमस्ते बालग्राम विर्तामोडकी भावना चौहान सान्त्वना भएका थिए । 

वक्तृत्वकला प्रतियोगिताका द्वितिय, तृतीय र सान्त्वनालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन्। उनका अनुसार सहभागीहरुबीच भदौ २७ गते अनलाइनमार्फत प्रतियोगिता गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङ, निमित्त सचिव फणिन्द्र खत्रीलगायतले पुरस्कार वितरण गरेका थिए।

 कार्यक्रममा मन्त्री साम्सोहाङले बालबालिकाको भविष्यलाई अहिले नै ध्यान दिएर योजना बनाउनुपर्नेमा जोड दिए। उनले बालबालिका भविष्यको नभएर अहिलेका कर्णधार भएको बताए। कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए।

 यसैबीच सामाजिक विकास मन्त्रालयले प्रदेश १ को पहिलो बालमैत्री नगर भद्रपुरलाई विशेष सम्मान गरेको थियो। भद्रपुर नगरपालिकालाई गत वर्षको पुस ७ गते बालमैत्री नगर घोषणा गरिएको थियो।


प्रकाशित: Sep 14, 2021| 18:38 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।