बिहीबार, भदौ ४, २०८३

नुपूर भट्टाचार्यलाई राष्ट्रिय बाल अधिकार सम्मान

बालअधिकारकर्मी नुपूर भट्टाचार्य राष्ट्रिय बालअधिकार सम्मान २०७८ बाट सम्मानित भएकी छन्।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं– बालअधिकारकर्मी नुपूर भट्टाचार्य राष्ट्रिय बालअधिकार सम्मान २०७८ बाट सम्मानित भएकी छन्। बाल दिवसका अवसरमा  राष्ट्रिय मानवअधिकार आयोग, बालअधिकार समिति र रेटिफाई ओपीथ्रीसीआरसी कोलिसन नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा भट्टाचार्यलाई सम्मान गरिएको हो। 

भट्टाचार्य लामो समयदेखि बालबालिकाका आवाजलाई रेडियो नेपालबाट मुखरित गराएर लोकप्रियता हासिल गरेकी व्यक्तित्व हुन्। उनी अपांगता अधिकार, समावेशी शिक्षा तथा बालबालिकामा हुने शारीरिक तथा मानसिक हिंसाविरुद्धका अभियानमा पनि सक्रिय छन्। यस्तै बालसहभागिताका लागि बाल क्लबको राष्ट्रव्यापी अभ्यासमा पनि उनले योगदान दिएकी छन्।  

बालअधिकार महासन्धिको अनुमोदन गरेको दिन भदौ २९ मा राष्ट्रिय बालदिवस मनाइँदै आएको छ। बालअधिकार अभियानका अभियन्ताका तर्फबाट बालअधिकार महासन्धिको २५ औं वर्षमा मानवअधिकार राष्ट्रिय महाभेला  संयोजन गरिएको थियो। सोही सन्दर्भमा चाइल्ड नेपालका तर्फबाट विभिन्न अभियन्ताका साथ र सहकार्यमा राष्ट्रिय बालअधिकार सम्मान स्थापना गरिएको अध्यक्ष कृष्ण सुवेदीले जानकारी दिए। 

यसअघि यो सम्मानबाट गौरी प्रधान, अगाथा थापा, विनय कसजू सम्मानित भएका छन्। 

सम्मान कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगर,  सञ्जालका संयोजक डा. कृष्ण सुवेदी, कपिल अर्याल,  विभिन्न सरकारी निकायका प्रतिनिधि, आयोगका सदस्यहरू र अधिकारकर्मीहरुले महासन्धिका विभिन्न प्रावधान र नेपालमा बालअधिकारका क्षेत्रमा भएका विभिन्न विषयमा प्रकाश पारेका थिए। 

प्रकाशित: Sep 14, 2021| 18:27 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।